
Lnp
cjs
sbs
Pbu
Djs
Ggp
Rgp1
Srbpu
pku
Sgr
Gfs
Rgp
Unsku
Pes

Sls
Rsb
nsb
Bbbpu
Gst
Tsm
Pvg
Hal
Ssm
Bbu
Rgs
Asm
Rgu
Sbs
Ggd
Rgu
Vor
Ksm
Wsp

sab
Jmb
Gsb
Jmb
Bml
Rpp
Syp
Pls
Abd
Ptm
bbt
Mks
Rmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ४ अर्नहवामा रहेको फ्लोरेन्स हस्पिटल एण्ड ट्रमा केयर सेन्टरको लुम्बिनी प्रदेश पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार एक कार्यक्रमको बीचमा उद्घाटन गर्नु भएको छ ।
ट्रमा केयर सेन्टरकाे उद्घाटन गर्दै मन्त्री चौधरीले निजी क्षेत्रको स्रोत साधनलाई परिचालन गरेर स्वास्थ्य क्षेत्रको विकासको लागि अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले प्रदेश सरकार स्वास्थ्य, शिक्षा, यातायात,सञ्चार लगायतका क्षेत्रमा निजी क्षेत्रको लगानी र प्रतिस्पर्धा बढाउन चाहेको बताउनु भयो ।
उक्त अस्पतालका प्रमुख डाक्टर पुष्प भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएकाे ट्रमा केयर सेन्टरकाे उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सरकारी क्षेत्रको सेवालाई पनि प्रतिस्पर्धामा लैजान जरुरी रहेकाे बताउनु भयो । उहाँले सरकारले समान नजरले दुवै क्षेत्रलाई हेर्नुपर्ने दायित्व भएको बताउनु भयो । स्वास्थ्य क्षेत्र सेवामुलक भएकाले यस क्षेत्रमा लगानी बढाउदै लग्नुपर्ने शर्माको धारणा रहेको थियो ।
यस्तै उद्घाटन कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी,गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल,नेपाली कांग्रेसका क्षेत्रिय सभापती भेषराज पाण्डे लगायतले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको संचालन विश्वास विश्वकर्माले गर्नु भएको थियो ।
