Sidha Patra बुधबार, माघ ०५, २०७८

दाङ । देउखुरीको लमहीमा नेपाल मगर संघको १२ औं महाधिवेशन सफल बनाउन बुधबार लमही नगर कमिटीले छलफल बैठक सम्पन्न गरेको छ ।

कमिटीका अध्यक्ष जगत पुन मगरको अध्यक्षतामा सम्पन्न भएको बैठकले यहीँ माघ १९,२० र २१ गते दाङको घोराहीमा सम्पन्न हुन गइरहेको केन्द्रीय महाधिवेशनलाई सफल बनाउनको लागि लमही नगर कमिटीले छलफल बैठक सम्पन्न गरेको हो ।

छलफल बैठकमा संघको कार्य विधानमा ४ वर्षे कार्यकाल रहने ब्यबस्था रहेपनि कोभिड-१९ को कारण दुई वर्ष अबधि पछि,धकलिएको हुँदा यो वर्ष जसरी भएपनि सामाजिक दुरि कायम गर्दै स्वास्थ्यको मापदण्ड पूरा गरेर महाधिवेशन सम्पन्न गर्ने संघले तयारी गरेको नगर कमिटीका अध्यक्ष जगत पुन मगरले जानकारी दिनु भयो ।

त्यस्तै बैठकद्वारा १२ औं महाधिवेशन सफल बनाउन नेपाल मगर संघ जिल्ला दाङ शाखाद्वारा पालिकाका कमिटीलाई ब्यबस्थापनको लागि विभिन्न जिम्मेवारी प्रदान गरेको हुँदा लमही नगर कमिटीले सोही अनुरुप आफ्नो कमिटीका पदाधिकारीलाई ब्यबस्थापनमा लाग्नको लागि निर्देशन गरेको छ ।

यसैगरी उक्त बैठकमा नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष जयप्रकाश बुढा मगर,नेपाल मगर संघ दाङ जिल्लाका सदस्य किशोर कुमार घर्ती मगर,लमही नगर कमिटीका कोषाध्यक्ष शान्ति थापा मगर,लमही नगरपालिका वडा नम्बर ६ का वडा कमिटीका अध्यक्ष ईश्वर घर्ती मगर लगायतकाले बोल्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]