Sidha Patra बुधबार, माघ ०५, २०७८

दाङ । दाङको तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १० नारायणपुर निवासी १९ वर्षीय विशाल परियार छन् ।

त्यस्तै उनीहरु लामो समयदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरुले व्यावसायिकरूपमा चोरी काम गर्ने गरेको र यस क्षेत्रमा हुने सबै चोरीका काम उनीहरुले नै गर्दै आएको प्रनाउ अर्याल बताउनु भयो । अहिले दुवैलाई पक्राउ गरेको र एक जनाको खोजी जारी रहेको उहाँको भनाइ छ । सिसी क्यामेराको निगरानी र अन्य अनुसन्धानबाट उनीहरु शङ्कास्पद देखिएपछि प्रहरी निरीक्षक झलक शर्माका नेतृत्वमा गएको प्रहरी टोलीले कोठामा छापा मार्दा चोरी गरेका विभिन्न सामग्री भेट्टिएको र यसपछि बरामदसमेत गरेको थियो ।

यस्तै उनीहरुको कोठाबाट माछाजस्तो आकार भएको दापसहितको खुकुरी एक थान, राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप एक थान, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देखिने बाला एक थान, चाँदीको सिक्री एक थान, फलामको हतियार नोख एक थान, फलामको तीन फिट तीन इन्च लामो सरिया एक थान,रा१प ५४७३ नंको मोटरसाइकलको दर्ता किताब थानलगायतका बरामद गरिएको छ ।

अहिले यी सामग्रीका मालिक आएर आफ्नो सामान पहिचान गर्ने गरेको समेत प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । उनीहरु यसअघि पनि पक्राउ परेर छुटेको समेत प्रहरीले बताएको छ । माघीकै दिन राती तुलसीपुरको सल्यान रोडका पसल चोरी गर्नेसमेत उनीहरु नै रहेको प्रहरीले बताएको छ । पछिल्लो समय तुलसीपुरमा चोरीका घटना बढिरहेका छन् । चोरी नियन्त्रण कार्य प्रहरीका लागि चुनौती बन्दै गएको थियो ।न्युज ट्वान्टीफोर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]