Sidha Patra मंगलबार, माघ ०४, २०७८

कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० कार्यालयले एक जना स्थानीयको सिफारीसमा रोक लगाएको छ । वडा नं १० का अध्यक्ष मन्जु मिश्राले राजनैतिक प्रतिशोधको कारण चौकिल्ला सिफारीस नदिएको सितलापुरका पीडित रउफ धोवीले गुनासो गर्नु भएको छ ।

शिवराज नगरपालीका वडा नम्बर १० को सितलापुरमा रहेको आफनो जग्गाको चौकिल्ला सिफारीसको लागि वडा कार्यालय पुगेका धोवीलाई अध्यक्ष मिश्राले सिफारीस नदिएको धोवीले वताउनु भयो ।

त्यस्तै सडक निर्माण गर्दा मेरो नम्बरी जग्गामा निर्माण गर्न खोज्दा जिल्ला अदालतमा मुद्दा दिएको धोबीले बताउनु भयो । धोबीले सितलापुरका रामकिशोर कहार, साधु शरण कुर्मी र सुर्य प्रसाद कुर्मी विरुद्ध जिल्ला अदालतमा मुद्दा दिनु भएको छ ।

यस्तै अध्यक्ष मिश्राले राजनैतिक प्रतिशोधको कारण पदिय दादागिरी देखाउदै सिफारीसको लागि दिएको निवेदनमा तोक नलगाई फिर्ता पठाएको पाईएको छ । वडा अध्यक्ष मिश्राबाट सिफारीस नपाएपछि पीडित बन्नु भएका धोवी नगरपालिकाको कार्यालय चन्दौटा पुगेर वडा अध्यक्ष मिश्राले गरेको ज्यादती विरुद्ध गुनासो गरेपनि नगरपालिकाबाट पनि कुनै न्याय नपाएको बताउनु भयो ।

धोवीले नगरको योजना निर्माणमा विरोध गरेकाले सिफारीस रोकिदिएको वडा अध्यक्ष मिश्राले बताउनु भयो । साथै उहाँले गाउँमा आफ्ना कार्यकर्ताहरुको बिरोध गरिरहेको भन्दै उहाँको सिफारीस रोक्न बाध्य भएको बताउनु भएको छ । अध्यक्ष मिश्राले धोवीलाई कुनै हालतमा पनि सिफारीस दिन नसक्ने बताउनु भयो ।

यता नगर प्रमुख नेत्रराज अधिकारीले आफु कहाँ पनि पीडित धोवीको गुनासो आएको स्वीकार गर्दै अध्यक्ष मिश्रालाई सिफारीस दिन आग्रह गरेको बताउनु भएको छ । मेयर अधिकारीले सिफारीस दिने अधिकार वडा अध्यक्षको भएकाले समस्याको समाधान पनि उहाँले नै गर्नु पर्ने बताउनु भएको छ ।

त्यस्तै उता प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले रित पुरा गरि माग गरिएको सिफारीस रोक्न नमिल्ने बताउनु भएको छ । नागरिकको सेवा पाउने अधिकारलाई कसैले अबरोध गर्न नहुने बताउनु भएको छ । पीडित धोवीको समस्याको समाधान नगरपालिकाले गर्नु पर्ने बताउनु भएको छ ।कामना दैनिक

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]