कास्की । बालककले ओछयानमा पिसाब गरेको भन्दै लिङगमा रबरले बाँधिदिने होस्टलकी वार्डेनलाई कैद हुने भएको छ ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वर चोकमा रहेको न्यू लाईफ स्कूलमाकाे छात्रावासमा बस्ने ६ वर्षीय बालकलाई होष्टेलकी वार्डेन कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने २७ वर्षिय जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर लिंगमा गत पुस ६ गते रबरले बाँधेर यातना दिएपछि प्रहरीले पक्राउ गरि बालबालिका विरुद्धको कसुरमा मुद्दा दायर गरि अनुसन्धान थालेकाे थियाे ।
त्यस्तै कास्की जिल्ला अदालतले अभियुक्त नेपालीलाई न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले दोषी ठहर गर्दै २५ दिन कैद सजाय, पीडितलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति,एक हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने फैसला सुनाएको हाे ।जनसहारा