
Asb
Jns
Pbu
Lnp
Ggp
Usb
Rgp
Dbs
lnp
Ggp
Rgp
Sgp
Rgp
ksb
Dus
Lks
Rgp


बाँके । बिगत ६ दिनदेखि दुईवटा पाडा जंगलमा बाँधेर बाघको पहिचान र नियन्त्रणमा लिन गरिएको प्रयास सफल हुन नसकेपछि खोजी कार्य सोमबारबाट बन्द गरिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले बाघको चारोको लागि भनेर किनेर ल्याइएका दुई पाडाहरु फिर्ता गरिएको जानकारी दिए ।
बाघको खोजी कार्यमा प्रयोग गरिदै आएका दुई हात्तीहरु समेत फिर्ता गरिएको छ । गत असोजमा बाघलाई लोभ्याउनका लागि यसैगरी एउटा पाडो जंगलमा राखिएको थियो । त्यो प्रयासपनि सफल हुन सकेको थिएन ।
माघ ३ गते सोमबार देखि मान्छे खाने बाघको खोजी कार्य स्थगित भए पछी स्थानीयबासीहरु चिन्तित हुँदै बाघ नियन्त्रणमा नआउँदा गाउँलेहरुलाई फ़ेरि बाघले मान्छे खाने भन्दै आक्रोशित हुँदै बाँके राष्ट्रिय निकुञ्जको बजेट सक्ने काम र नाटक मात्र भएको स्थानीयको आरोप छ ।

