
Sgp
Rgp
Rgp
Pbu
lnp
Dus
Usb
Jns
ksb
Dbs
Ggp
Rgp
Rgp
Lks
Asb
Ggp
Lnp


दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षका विकास पुनलाई प्रहरीले पक्राउ गरेको छ।ठगी मुद्दामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो ।
कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए।राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको दाबी छ।
गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दाबी गर्छन्। खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए।
विकासविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो। उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए ।
त्यस्तै विकास नेकपा एमालेका कार्यकर्ता हुन्। राजनीतिको आडमा उनी आपराधिक क्रियाकलापमा लागेको एक प्रहरी अधिकृत बताउँछन्। विकास पछिल्लो समय काठमाडौंमा थिए। उनलाई दाङ ल्याएर आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ । दैनिक समाचार पत्र
