
Pbu
Usbl-7
jsbr-3
Gsbr-6
Msbg-2
Gsbg-3
ksbl-7
Rksr-7
Csbg-7
Jsbg-7


दाङ । गढवा गाउँपालिका स्थित लमही कोइलाबास सडक खण्डमा बिगत २ बर्ष अगाडी तिहारको बनभोज खान जाँदा ट्याक्टर पल्टिएर ठूलो दुर्घटना भयो । गढवा ६ मनिकापुर गाउँका युवाहरु कैयन घाईते भए त कैयौंको ज्यान गयो । सिंगो गाउँ शोकमग्न बन्यो । त्यही दुर्घटनाबाट मनिकापुरका २० बर्षिय अनिल घर्तिले बाँया खुट्टो गुमाउनु भयो । बैशाखीको साहारामा एउटा खुट्टाले मात्र हिड्ने अनिल घर्ति अहिले अपांग हुनुहुन्छ ।
त्यस्तै तिनदिन अघि देउखुरी सामुदायिक पुस्तकालयले अनिल जस्तै १० जना अपांगता भएका नागरिकहरुलाई पुस्तकालयमा बोलाएर ३ दिन सम्म बाख्रा पालन तालिम दियो । तालिम सिकेपछि आतेजाते मात्रै पाइएला भनेका सहभागिहरुले समापनको बेला एक–एक वटा बाख्रा पनि लगेर घरमा जान पाउँदा खुसी भएको बताएका छन् ।
बाख्रापालन सम्बन्धि तालिम सिकेर आयआर्जनका लागि बाख्रा समेत पाउँदा खुसी लागेको छ–अनिल घर्तिले भन्नुभयो । तिन दिनसम्म संचालित तालिमबाट बाख्रामा लाग्ने रोगहरुका बारेमा धेरै जानकारी पायौं । रोग लागेमा उपचार गर्ने बिधि,गोठ बनाउने तरिका,घाँस र दाना सम्बन्धि ब्यवस्थापन ललगायत धेरै कुराको जानकारी भयो–गढवा ६ अत्तरबेदुवाका अपांगता भएका अर्का नागरिक चित्रबहादुर सार्किले भन्नुभयो । त्यस्तै गढवा ६ आँटीपाकरकी पदममोती चौधरी र गढवा ६ अत्तरबेदुवा गाउँकी निर्मला बिक ले पनि बाख्रा पालन तालिम लिएपछि घर फर्किदा बाख्रा समेत लिएर जान पाउँदा असाध्यै खुसी लागेको बताउनुभयो । उहाँहरु जस्तै गढवा ६ का १० जना अपांगता भएका महिला तथा पुरुषहरुले बाख्रापालन तालिम सिकेपछि बिमा गरेका एक एक वटा बाख्रा पाउँदा औधि खुसी लागेको बताउनुभयो ।
रिड नेपालको एयसबि जर्मनीको सहयोगमा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाले नेपालमा अपांगता समावेशी विपद् जोखिम न्यूनिकरण प्रबर्धन परियोजना मार्फत गढवा ६ का बिभिन्न बस्तिहरुमा अपांगता भएका नागरिकहरुलाई बिभिन्न प्रकारका सहयोग गर्दै आईरहेको अध्यक्ष गिरिराज भट्टले बताउनुभयो । कोभिड महामारीको समयमा अपांगता भएका नागरिकहरुलाई खाद्यान्न राहात तथा सुरक्षा सामाग्रीहरु प्रदान गरिएको र उनिहरुको आयस्तर बृद्धिका लागि ब्यवसाय सचेतना र सुरुवात तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । यो तालिम पछि अति बिपन्न र सिमान्तकृत वर्गका अपांगता भएका १० जना नागरिक छनोट गरि बाख्रा पालन तालिम सिकाएर बाख्रा समेत वितरण गरिएको हो–भट्टले भन्नुभयो ।
यसैबिच पुस्तकालयका अध्यक्ष गिरिराज भट्टको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा तालिम समापनको अवसर जुराएर शुक्रवार तालिमका सहभागिहरुलाई बाख्रा वितरण गरिएको हो । सो अवसरमा गढवा ६ वालापुरका अपांगता भएका सिउपति यादवलाई पुस्तकालयले एक थान हिव्ल चेयस समेत हस्तान्तरण गरेको हो ।
कार्यक्रममा गढवा गाउँपालिका आर्थिक प्रशासन शाखाप्रमुख पुनाराम शर्मा,पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी,पशु प्राबिधिक खेम चौधरी र प्रेमसिंह खड्का लगायतले बोल्नु भएको थियो । पुस्तकालय संचालन समितिका सदस्य नारायण प्रसाद पण्डितको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।
