
Pes
Srbpu
cjs
Ses
Pbu
Lnp
Sgr
Unsku
Rgp1
Djs
pku
Rgp
Gfs
Ggp

Rgs
Rgu
Ksm
nsb
Tsm
Ggd
Gst
Wsp
Sls
Rsb
Asm
Sbs
Hal
Rgu
Bbu
Bbbpu
Pvg
Ssm
Vor

Rmb
bbt
Abd
sab
Jmb
Rpp
Syp
Mks
Ptm
Gsb
Bml
Jmb
Pls
बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा विश्व विद्यालय स्पथाना गर्दै अनुसन्धात्मक शिक्षा प्रदान गरी लुम्बिनी र विश्व बजारमा विकाउ जनशक्ति उत्पादन गर्ने लुम्बिनी प्रदेश सरकारको पहिलो सपना भएको बताउनु भयो ।
साथै उहाँले अबको यसै चौमासिममा कार्य थालना गर्नका लागि शिक्षा मन्त्रालय लगायत अन्य सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । यस्तो विचार मुख्यमन्त्री केसीले आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको समन्वयात्मक बैठकमा बताउनु भएको हो ।
प्रदेश सरकारकाले प्रदेश स्तरको विश्व विद्यालय बनाउँदै लुम्बिनी प्रदेशको सपनालाई साकार बनाउनको लागि नै कार्यन्वययणमा जानु पर्ने बताउनु भयो । मुख्यमन्त्री केसीले अनुसन्धात्मक विषयमा अध्यापन गराउँदै लुम्बिनीको ब्राण्ड कायम गर्नु पर्ने छिटो भन्दा छिटो देखिने गरी परिणाम दिनका लागि निर्देशन दिनु भएको छ । उहाँले प्रदेशमा विश्व विद्यालय सञ्चालनका लागि भुगोल, वातावरण, जमिनको उपलब्धता लगायतको हिसावले दाङको बंगालचुली गाउँपालिकामा निर्माण गर्न सकिने धारणा बताउनु भयो । उहाँले एउटा स्थानमामा मुख्य कार्यालय राखेर प्रदेश भरी विभिन्न जिल्लामा विभन्न संकाय राख्नका लागि अगाडि बढाउन सकिने बताउनु भयो ।
त्यस्तै अगाडि बढाउनको लागि सो विषयमा छलपलल भएको बताउँदै लुम्बिनी प्रदेशमा विश्व विद्यालय स्थापनाका लागि प्रदेश स्तरीय गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी विश्व विद्यालयको छलफलमा ग्रामीण, सहरी, पर्यटन मन्त्री डिल्ली चौधरी, शिक्षा मन्त्री वसीउसीदिन खाँ,कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, भौतिक मन्त्री सहषराम यादव, प्रमुख सचिव डिल्लीराम शर्मा लगायत विभिन्न मन्त्रालयको सचिवहरुको सहभागीता रहको थियो ।
यस्तै गोष्ठी एवं समन्वयात्मक बैठकमा काठमाडौं विश्व विद्यालयका पी.ए.डी. प्रोफेसर लक्ष्मण ज्ञावलीले नेपालका विश्व विद्यालयमा अनुसन्धानमुलक शिक्षा प्रदान गर्नका लागि नै आवश्यक रहेको बताउनुभयो । नेपालका विश्व विद्यालयले प्रमाण पत्र दिनका लागि पहिलो प्राथमिकताका साथ अगाडि बढेकोले नेपालका विश्व विद्यालयकालाई दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रदानका लागि बहस गर्नु पर्ने बेला बताउनु भयो । विश्व विद्यालय सञ्चालनमा सरकारले जनशक्ति, विद्यार्थीको उपलब्धता,श्रोतको बारेमा अध्ययन गर्दै विश्व विद्यालयले दक्ष जनशक्तिको उत्पादन गर्ने शिक्षा प्रदान गर्नु पर्ने बताउनु भोयो । विश्व विद्यालयले अनुन्धानमुलक क्षेत्रमा आफूले रोजगार पाउनका लागि होइन, अन्यलाई रोजगार प्रदान गर्नका लागि नै अगाडि बढ्नु पर्दछ ।
त्यस्तै प्रस्तुतिकरणको सन्दर्भमा विश्व विद्यालयको लुम्बिनी विश्व विद्यालय सञ्चालनका लागि अध्यक्ष सरकारले सहजीकरण गरेपनि आफ्नो क्षेत्रबाट नै छनौट हुने व्यवस्था, विश्व विद्यालयको प्रमुख हुने र विश्व विद्यालयको अर्थ, शिक्षा र अनुसन्धानक्षेत्रका ३ जना सहायक सह प्रमुख बताउनु पर्ने बताउनु भयो । बजेटको अभावतालाई सरकारे ४० प्रतिशत राख्ने,अनुसन्धान्तमक कार्यका लागि ३० प्रतिशत, विभिन्न सहयोगदाताबाट निर्माण गर्नु पर्ने ३० प्रतिशत लगानी गरी अगाडि बढ्नु पर्ने बताउनु भयो । लुम्बनी विश्व विद्यालयको विद्युत इन्जीनिययर, नदी विज्ञान, कृषि विज्ञान, योगा विज्ञान, मानव तथा समाज सास्त्र, बजार अध्ययन लगायतको क्षेत्रमा विषयहरु राख्नु पर्ने बताउनु भोयो ।
यसै वर्ष प्रदेश सरकारले बजेट विनियोजित गरेको छ । यसर्थ यसै वर्ष बजेटबाट कार्यन्वय हुने गरी काम गरेमा लुम्बिनी प्रदेश सरकारको एउटा नयाँ आयमिक कार्यमा नयाँ आयाम थपिनेछ ।
