सिधा-पत्र/क्राईमबिट बिहिबार, पौष १५, २०७८

बाँके । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई,सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

एउटै कोठामा बसेका उनीहरुको निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको उनले बताए । घटनास्थलमा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री र एसपी अधिकारीले आफूहरु घटनास्थलमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।स्टोरको कर्मचारीले काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले जानकारी दिए । संगै कोठामा रहेका अन्य तीन जना अचेत अवस्थामा थिए । उनीहरुको भेरीमै उपचार भइरहेको छ ।

भट्टराईकी श्रीमती २२ बर्षीया शुशीला, ३ बर्षीय छोरा दिवस र १८ बर्षीय भाइ नरेशको उपचार भइरहेको अधिकारीले बताए । सुत्ने बेला कोइला बालेर सुतेको बताइएकाले निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]