दाङ । देउखुरीको लमहीमा रहेको लमही खानेपानी निर्वाचन पौष महिना भित्रमा गरिने तयारी भएपछि अहिले सदस्यता नविकरण गर्नेकाे भिड लाग्न शुरु भएको छ ।
त्यस्तै सदस्ययता नविरणका लागि बिहानै लायन लाग्न आउछन दैनिकी तीन सय भन्दा बढीले नविकरण गराउने गरेको संस्थाले जनाएको छ । बिहानदेखि २ बजेसम्म अति भिड हुन्छ त्यस पछि भिड कम हुँदै जान्छ सो संस्थाका कार्यालय प्रमुख भगवती चाैधरीले भन्नू भयो । याे क्रम अब पौषकाे पाँच गतेसम्म निरन्तर जारी हुन्छ किन कि पाैषकाे ५ गते नियमित बैठक पछि,व्यवस्थापन समितिले साधारणसभा ताेक्ने छ भने सभाकाे बन्दसत्रले अधिबेशन मिति तय गर्ने छ,चौधरीले भन्नू भयो ।
यस्तै हामी सबै कर्मचारीहरु दिन भरि खटिएका हुन्छौं संस्थाका कार्यकारी प्रमुख चाैधरीले भन्नू भयो । ४४३२ भारा रहेको संस्थामा हाल १६ सय बढी उपभोक्ताले नविकरण गराउनु भएको छ,कार्यालय प्रमुख चौधरीले भन्नू भयो । संस्थाकाे निर्बाचनकाे मिति नजिकिदै जाँदा यस अघि झन्डै १ महिना भयाे सदस्यता नविकरण खुल्ला गरेको प्रमुख चौधरी भन्नू भयो ।