
Ksb
Ssb
Usb
Tgp
Ppu
Nsb
Ssb
jsb
Csb
Rsb
Ksb
Bsn
Rks
Gsb
Ksb

Usb
Gsb
Ssb
Tsb
Hl1

ptl
Nps
Rgu
दाङ । माछापुच्छ्रे बैँक लिमिटेडले अब देउखुरीको गढवाबाट पनि सेवा दिन थालेको छ । बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ रामनगरमा शाखा रहित बैँकिङ्ग सँजालको स्थापना गरि माछापुच्छ्रे बैँकले सेवा सुभारम्भ गरेको हो ।
देशैभर १ सय ६२ शाखाबाट प्रत्यक्ष सेवा प्रदान गर्दै आईरहेको माछापुच्छ्रे बैँकले शाखा रहित बैँकिङ्ग सँजाल मार्फत पनि सेवा दिईरहेको छ । बैँकले गढवा सँगै देशभर आफ्नो १ सय ७९ औँ शाखा रहित बैँकिङ्ग सँजालको स्थापना गरि सकेको छ । ग्रामिण क्षेत्रबाट पनि बैँकले सेवा दिन थालेपछि स्थानिय खुसी भएका छन । बैँकिङ्ग कारोबारका लागि अनेत्र धाउनुपर्ने बाध्यता अब हटेको छ । यो भन्दा अघि यस क्षेत्रका स्थानिय गढवा तथा लमही बजार जानुपर्ने बाध्यता थियो ।
कृषि बिकाश बैंकका पुर्ब अधिकृत दयाराम यादवको शभापतित्व तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरको प्रमुख आतिथ्य एबम माछापुच्छ्रे बैंक लुम्बिनी प्रदेशका प्रमुख हरिलाल ऐरको बिशिष्ट आतिथ्यमा बैँकको शाखा रहित बैँकिङ्ग सँजाल स्थापना गरिएको हो ।
माछापुच्छ्रे बैंक लमही शाखाका प्रमुख मधुसुदन श्रेष्ठले स्थापनार्थ कार्यालयबाट निशुल्क खाता खोल्ने, आकर्षक ब्याजदरमा दैनिकी बचत, मुद्दतिखातामा डिपोजिट लगायतका बैँकिङ्ग सेवा प्रदान गरिने बताए । शाखा रहित बैंकिङ सेवाका प्रतिनिधि सन्जय आलेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन चेतनशिल महिला ऋण तथा बचत सहकारीकी ओभा पाठकले गरेका थिए ।
