Sidha Patra बिहिबार, मंसिर ०२, २०७८

दाङ । दाङदेखि रोल्पा जादै गरेको बस दुर्घटनामा परेको छ । घोराहीबाट रोल्पाको थवाङ तर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजेतिर दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरि चार जनाको घटनास्थलमै मृत्यु भएको हो । बस झन्डै एक सय मिटर तल माडी खोलामा खसेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिनु भयो । यो खवर तयार पार्दासम्म मृतकको सनाखत भइ सकेको छैन ।

त्यस्तै थप ६ जना घाइतेलाई उद्धार गरि सुनिल स्मृति अस्पताल घर्ती गाउँमा पुर्‍याएको डिएसपी सुबेदीले जानकारी दिए । शहीद मार्ग अन्तरगत माडी गाउँपालिका वडा नं. २ जलजलास्थित माडी खोलामा बस खसेको छ । प्रहरीका अनुसार बसमा १० जना यात्रु सवार रहेका थिए ।

यस्तै घटनास्थल अँध्यारो भएको हुँदा अरु यात्रुपनि घाइते छन् कि भनेर खोजी कार्य जारी रहेको पनि डिएसपी सुबेदीले जानकारी दिनु भयो । यही हप्ता मात्रै रोल्पामा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । अझै विस्तृत विवरण आउन बाँकी नैइ रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]