दाङ । गढवा गाउँपालिकाले एक कार्यक्रमका बिच संघीय निर्वाचनको समय ताकाका प्रथम निमित्त कार्यकारी प्रमुख बुद्धिमान चौधरीलाई बिदाई तथा सम्मान गरेको छ । चौधरीले राष्ट्रसेवक कर्मचारीको रुपमा गढवा गाउँपालिकामा कार्यरत रहदै गर्दा निबृत्त हुने उमेरहद पुरा गरेकाले पालिकाले योगदानको कदर गर्दै सम्मान साथ बिदाई गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता तथा उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निबृत्त चौधरीको योगदानको बारेमा योजना शाखाका प्रमुख कुलराज कुमाल,पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी,स्वास्थ्यशाखा प्रमुख कैलाश चौधरी र कार्यपालिका सदस्य हेमन्ती कुमारी कुमालले बिदाई मन्तब्य राख्नु भएको थियो ।
सो कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सांसद रेवतीरमण शर्मा,मुख्यमन्त्री कार्यालयका सल्लाहकार अमरबहादुर डाँगी,नेकपा माओवादी केन्द्रका गढवा इन्चार्ज यमनारायण पोखे्रल र एमाले दाङका सदस्य रतनकुमार केसी लगायत कर्मचारी र जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । निबृत्त बुद्धिमान चौधरीले लामो समय सम्म साबिक चैलाही गाबिसमा सचिव रहेर काम गर्नुभएको र गढवा गाउँपालिकामा आएपछि कोइलाबास गाबिस, गोबरडिहा गाबिस,गंगापरस्पुर गाबिस र गढवा गाबिसमा सचिव रहेर काम गर्नु भएको थियो । संघीयताको कार्यान्वयन संगै चौधरी गढवा गाउँपालिकाको प्रथम निमित्त कार्यकारी प्रमुखको भूमिकामा केही महिना काम गर्नु भएको र गढवा गाउँपालिकाको प्रशासन शाखा प्रमुख हुदै जिन्सी शाखा प्रमुखमा काम गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो । बिदाई कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नुभएको थियो ।