काठमाडौं । नेपालका १० प्रतिशत नागरिक अझै बिजुलीको सुविधाबाट बन्चित रहेका छन् । नेपालमा विजुली बल्न थालेको १ सय १० वर्ष बित्दा समेत १० प्रतिशत अर्थात् झन्डै ३० लाख नागरिक विद्युतको पहुँचबाट टाढा छन् ।
त्यस्तै शहरी क्षेत्रका अधिकांश नागरिकले भान्छा घर देखि सवारी साधनसम्म बिजूलीकै उपयोग गरिरहँदा ग्रामिण क्षेत्रका नागरिक अझै पनि अध्यारोमै छन् । विशेषगरि कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका अधिकांश जिल्लामा केन्द्रिय विद्युतको पहूँच पुगेको छैन । नेपाल विद्युत प्राधिकरणका अनुसार ६० प्रतिशतमा सिमित रहेको विद्युतीय पहुँचमा गएको ४ वर्षभित्र ३० प्रतिशत वृद्धि भई ९० प्रतिशत पुगेको छ । हाल देशभर प्राधिकरणका ४४ लाख ग्राहक छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसीङले भने काम भइरहेको हुनाले जतिसक्दो छिटो सबै ठाउँमा बिजुली विस्तार हुने बताउनुभयो । राष्ट्रिय योजना आयोगको १५ औं योजनामा आर्थिक वर्ष २०८०÷८१ अर्थात् अबको २ वर्षभित्र सबै नागरिकलाई विद्युतको पहूँचमा पुर्याउने उल्लेख छ । यस्तै २ वर्षभित्र ३५ हजार मेगावाट जलविद्युत र ५ हजार मेगावाट वैकल्पिक उर्जा उत्पादन गर्ने तथा प्रतिव्यक्ति उर्जा खपत ३ हजार ५ सय किलोवाट प्रति घण्टा पु¥याउने योजना छ ।