दाङ । नेपालमा गत वर्ष ९ लाख भन्दा बढी मेट्रिक टन दूध उत्पादन भएको पशु सेवा विभागले जनाएको छ । देशभर पालिएका ७४ लाख ५८ हजार भन्दा बढि गाईबाट गत आर्थिक वर्ष ९ लाख २० हजार ४ सय मेट्रिक टन दूध उत्पादन भएको थियो ।
नेपालमा ७ प्रकारका स्थानीय जात र जर्सि लगायतका उन्नत जातका गाई पाल्ने गरिएको छ । सबैभन्दा बढि प्रदेश १ मा १९ लाख ८१ हजार बढि गाई पालिएका छन् ।
प्रदेश २ मा १२ लाख ४७ हजार, बागमती प्रदेशमा १० लाख ६४ हजार गाई छन् । लुम्बिनी प्रदेशमा ११ लाख ६२ हजार तथा सुदुरपश्चिम प्रदेशमा १० लाख १७ हजार, कर्णाली प्रदेशमा ५ लाख ४ हजार तथा गण्डकी प्रदेशमा ४ लाख ८१ हजार गाईपालन गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने चालु आर्थिक वर्षमा स्थानीय तहमार्फत लागत साझेदारीमा गाई प्रवद्र्धन, निजी क्षेत्रसँगको साझेदारीमा गाई स्रोत केन्द्रको स्थापना तथा दुग्ध प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।