सागर थापा सोमबार, कार्तिक २९, २०७८

बाँके । शान्ति पुनर्स्थापना गृह र इप्रका जमुनाहको संयुक्त आयोजनामा नाकामा बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण कार्यक्रम गरिएको शान्ति पुनर्स्थापना गृहका संयोजक निर्मल सुवेदीले जानकारी दिनु भयो ।

त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले २१ औं सताब्दीमा मानिसले मानिसलाई बेच्ने कार्य निकै निकृष्ट भएको बताउनुभयो । उहाँले सीमा नाकाबाट हुने मानव तस्करी रोक्नका लागि सबै एक ढिक्का भएर लाग्नु पर्ने बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले मानव बेचविखन र ओसारपसार विरुद्धको अभियानलाई सफल पार्न सबैको भूमिका जरुरी रहेको बताउनुभयो । उहाँले सबैले यो मुद्दालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।नेपालगन्जको जमुनाह नाका मानवबेचविखन तथा ओसारपसारका लागि प्रयोग हुँदै आएको छ । तस्कर तथा दलालहरुले विभिन्न प्रलोभनमा पारेर मानव बेचविखन गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरु बताउँछन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]