Sidha Patra सोमबार, कार्तिक २२, २०७८

दाङ । सल्यानको कालिमाटीदेखि दाङ तुल्सिपुर तर्फ आउँदै गरेको भे १ ज ५२२ न. को यात्रुबाहक जीप सोमबार विहान ९ बजेतिर सल्यान र दाङको सिमाना स्थित एक्लेवर नजिक दुर्घटना भएको छ ।

त्यस्तै दुर्घटनामा १ जनाको घटनास्थमै मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैइरहेको छ । केही गम्भीर घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौ लैजाने तयारी भैइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु :
१. गाडी धनी सल्यान कालिमाटी ३ चौरी बस्ने बर्स अं ४०/४५ को देब बहादुर सुनार घटनास्थलमा मृत्युु भएको।

घाईतेहरुको विवरण:
१. जि दाङ्ग दंगिशरन २ दंगालपुर बस्ने बर्ष ३० कि पार्बति ओलि टाउकोमा गहिरो चोट बायाँ हात भाचिएको अवस्था सिरियस ।
२.सल्यान कालिमाटी ३ सिमलकुना बस्ने बर्ष २८ कि रिता खत्री टाउको र दुबै खुट्टामा चोट मध्यम
३. ऐ. बस्ने बर्ष २९ को रेशम बुढाथोकी टाउको मा चोट अवस्था मध्यम ।
४. ऐ बस्ने बर्ष १८ को खिमराज बुढाथोकी दाहिने खुट्टा बायाँ हात र कुममा चोट मध्यम ।
५. जि दाङ् बबई २ बगाले बस्ने बर्ष २३ कि पबित्रा ओलि टाउको र दुबै खुट्टामा चोट मध्यम ।
६. निजको छोरा बर्ष ३ को दिनेश ओलि टाउकोमा भित्री चोट अवस्था मध्यम ।
७. कालिमाटी ३ कालाखोला बस्ने बर्ष अं ५/६ को प्रशान्त राना अनुहार र शरीरमा भित्रि चोट अनुहार र शरिरमा चोट मध्यम ।
८. बबई २ बस्ने बर्ष ३२ कि कमला बस्नेत दाहिने हात खुट्टा र टाउकोमा चोट मध्यम ।
९. तुल्सिपुर १५ बस्ने बर्ष १० को प्रसान्त खत्री शरिरमा चोत मध्यम ।
१० . बाके राप्ती सोनारी ९ बस्ने बर्ष ३५ कि पबित्रा बुढाथोकी टाउको मुखमा चोत मध्यम ।
११. कालिमाटी ३ बस्ने बर्ष १७ कि सपना ओलि छाती टाउको र खुट्टा मा चोत मध्यम ।
१२. शान्तिनगर ४ बस्ने बर्ष ५५ कि खली ओलि बायाँ आखामा र ढाडमा चोत मध्यम ।
१३. बाके को पु न पा ४ बस्ने बर्ष ३२ कि दिपा ओलि मुख टाउको र कम्मरमा चोत मध्यम ।
१४. निजको छोरी बर्ष १५ कि संगिता बुढाथोकी छाती कम्मर र खुट्टामा चोत मध्यम ।
१५ . निजको छोरी बर्ष ८ कि अपेक्षा बुढाथोकी छाती र खुट्टा मा सामान्य चोट लागेको छ ।by Tulsipuronline

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]