दाङ । देउखुरीको लमही-काेइलाबास हुलाकी सडकमा बस दुर्घटना हुँदा २५ जना भन्दा बढि घाइते भएका छन् । घाेराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट पिकनिक खान आएको बस दुर्घटना भएको दाङ प्रहरीले बताएको छ।
त्यस्तै गढवा गाउँपालिका वडा नम्बर ८ काेइलाबास चारखम्बा नजिकै ना ४ ख ४३५९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार २५ जना भन्दा बढि यात्रु घाइते भएको र एकजनाकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
भैलाे खेलेर संकलित रकमबाट घाेराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट ४३ जनाकाे समुह काेइलाबास पिकनिक खान आएका थिए । घाइतेहरूकाे नाम ठेगान भने खुल्न सकेको छैन। घाइतेहरूकाे उद्दारमा इलाका प्रहरी कार्यालय गढवा,सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (वि.ओ.पी) कोइलाबास, सीमा प्रहरी चौकी कोइलाबास,गढवा गाउँपालिका वडा नम्बर ५,६ र ८ का वडाध्यक्षहरू,नेपाल रेड्क्रस सोसाइटीका प्रतिनिधि खटिएका छन् । यस्तै घाइतेहरूको उपचार लमही अस्पतालमा भैरहेको छ । उक्त बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।