Sidha Patra बिहिबार, कार्तिक १८, २०७८

दाङ । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारकाे अवसरमा दाङमा राती ९ बजे पछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले बुधवार एक सुचना जारी गर्दै कोरोना भाईरसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै सभ्य एवं शान्तिपुर्वक तरिकाले राति ९ बजे सम्म मात्रै देउसी भैलो खेल्न अनुरोध गरेको छ ।

साथै तिहार विशेष कुनैपनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर गर्ने कुनैपनि कार्य गरेमा कानुन बमोजिम कार्वाही गरिने प्रशासनले जनाएको छ । यस्तै पटका तथा प्रज्वलनशिल एवं विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, विक्रि वितरण र प्रयोग नगर्नसमेत आग्रह गरेको छ ।

प्रशासकिय अधिकृत टंकराज गौतमद्धारा जारी सुचनामा मादक पदार्थ लगाएतका नशालु पदार्थ सेवन गरी होहल्ला, झगडा गरी शान्तिसुरक्षालाई असर पार्ने काम गरेमा कानुनी कार्वाही गर्ने उल्लेख गरिएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]