
Ppu
Fmb
Gsb
Bsn
Rsb
Ssb
Ksb
Rks
Csb
Tgp
Ssb
Ksb
Nsb
Usb
jsb
Ksb

Usb
Gsb
Ssb
Tsb
Hl1

Rgu
ptl
Nps
रोल्पा । रोल्पा हुदै प्यूठान जोड्ने सुनिल स्मृति गाउँपालिका वडा नम्वर ४ स्थित सुलिचौर अरेस सडकखण्डको धनचौरमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउन सुरु गरेको छ ।
सुनिल स्मृति गाँउपालिका वडा नम्बर ४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर ईलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्ष सम्म सडक अवरुद्ध हुँदा रोल्पा तथा प्यूठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणहरूलाई यातायात तथा सामान ढुवानीमा समस्या भएको थियो ।
सडक खण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चटनले सवारी साधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षातमा समेत पहिरो झरेर सडक अवरुद्ध हुदा स्थानीयहरुले समस्या भोग्दै आएको स्थानीय भानु जिसीले बताए ।
सडक बन्द हुँदा लामो दुरीमा पैदल तथा वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्नु पर्ने बाध्यता रहेको जिसीको भनाइ रहेको छ । नेपाली सेनाको बटुकदलबाट खटिएको सेनाको टोलीले विष्फोटक पदार्थ प्रयोग गरि उक्त सडकखण्डमा रहेको अवरोध हटाउने काम भइरहेको बटुकदल गण रोल्पाका गणपति मनि थापाले जानकारी दिए ।
त्यस्तै पहिरोसहित आएको ठूलो ढुङ्गाले सडक खण्डको करीब २० मिटर भाग अवरुद्ध भएको छ । पूर्ण रुपमा सडक सञ्चालन हुन थप केही समय लाग्ने गणपति थापाले बताए । जोखिमपूर्ण अवस्थामा रहेको सो सडक खण्डमा सवारी आवतजावत गर्दा सधै संसयपूर्ण मानसिकताका साथ यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानियको भनाइ रहेको थियो ।
यस्तै सडक चौडा वनेसंगै पुर्वी रोल्पामा निर्माणाधिन विकास योजनाले तिव्रता पाउनुका साथै सामाजिक, आर्थिक र शैक्षिक विकासमा समेत टेवा पुग्ने स्थानीयहरुले अपेक्षा गरेका छन । करिव एक वर्षदेखि अवरुद्ध सडकखण्ड सञ्चालनका लागि नेपाली सेना परिचालित भएको हो ।
त्यस्तै स्थानीयहरू संगको सहकार्यमा नेपाली सेनाले यस अघि जिल्लाका विभिन्न स्थानहरुमा विकास निर्माण कार्यमा सहयोग गर्दै आएको छ । उत्तरी रोल्पाको वीर वलभद्र माविमा कक्षा कोठा थप, फिल्ड निर्माण, तारा मावि वामरुकमा सुविधा सम्पन्न सौचालय निर्माण, खुमेलमा सामाजिक घर निर्माण, उत्तरी रोल्पाको दुईखोलीमा कडा चट्यान फोडी सडक चौडा वनाउनुका साथै विगत २५ वर्ष देखी निर्माण अवरुद्ध भएको शिरक्याङ भिरको कडा चट्यान फोर्ने काम समेत गरेको थियो । साभार लुम्बिनी संचार डटकम
