Sidha Patra बुधबार, कार्तिक १७, २०७८

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेश सभा भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण व्यवसायीले गत साउन मसान्त सम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवनको काम नै अघि नबढेपछि सरकारकै निर्देशनमा अर्का व्यवसायीलाई जिम्मा लगाएर निर्माण तीव्र पारिएको हो ।

त्यस्तै सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत दाङको राप्ती गाउँपालिका ३ मसुरियामा प्रदेश राजधानीका लागि अस्थायी संरचना निर्माण सुरु गरेको छ । मसुरियाको राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभाका लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँको लागतमा भवन निर्माण गर्न थालिएको हो ।

यस्तै फलामको दुई तले भवन साउन मसान्तमा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत वैशाख अन्तिम साता सम्झौता गरेको थियो । तर अहिलेसम्म भवनको १५ प्रतिशत पनि काम नभएपछि मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा व्यवसायी नै परिवर्तन गरेर काम अघि बढाइएको छ ।

त्यस्तै अबको ४५ दिनमा भवन तयार गरेर हस्तान्तरण गर्ने गरी काम भैरहेको निर्माण व्यवसायी यज्ञ केसीले जानकारी दिनुुभयो । अहिले चौबिसै घण्टा डेढ सय भन्दा बढी कामदारले काम गरिरहेको ठेक्दारको भनाई छ । प्रदेश सभाको अहिले वर्षे अधिवेशन चलिरहेको छ । तिहारपछि बैठक बसेर वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ । त्यसपछि भवन तयार गरेर हिउँदै अधिवेशन भालुबाङमै आह्वान गर्ने गरी तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव दुर्ल भकुमार पुनले जानकारी दिनुु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]