महेन्द्र सिंह/बाँके मंगलबार, कार्तिक १६, २०७८

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहको सेटिङ्गमा ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित पटका जन्य बस्तुहरु तस्करीको सेटिङ्गमा भारतबाट लुकिछिपी नेपालमा भित्रिएको छ । २ लाख मूल्य बराबरको पटका जन्य बस्तु जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

पक्राउ गरिएको लाखौं मुल्यको पटका मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौपानेले मंगलबार पत्रकारको उपस्थितिमा उक्त पटका जन्य बस्तु नष्ट गरिएको थियो । दिपावली सुरु भएसँगै भारतबाट प्रतिबन्धित पटकाजन्य विस्फोटक पदार्थहरु जमुनाह सइ मीन बहादुर बिष्टको सेटिङ्गमा नेपाल भित्र्याउने गरिएको छ ।

भारत रुपैडियाका ब्यापारी साजिद खातुन पवन गुप्ता पटका क्यारिङ्ग गर्ने सन्तोष शर्माका अनुसार ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीनबहादुर विष्ट संगको सेटिङ्गमा जमुनाह प्रहरीले पटका जन्य नेपालमा भित्र्याउने गरेको बताए । यता बाँके प्रहरीको कमाण्डमा २ लाख भन्दा धेरै पटका पक्राउ गरिएको छ ।

दिपवलीमा मनोरञ्जनको नाममा पटका पटकाउने र आतासवाजी गर्ने गरिन्छ । तर यसलाई नेपाल सरकारले प्रतिबन्ध गरेको छ । तर पनि बजारमा जमुनाह सइ बिष्टको सेटिङ्गमा पटकाहरु नेपालमा व्यापक भित्रिएर पट्काउने क्रम सुरु भइसकेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]