
Ksb
Nsb
Usb
Fmb
Tgp
Ksb
Ppu
jsb
Rks
Ssb
Rsb
Ksb
Gsb
Ssb
Csb
Bsn

Ssb
Tsb
Gsb
Usb
Hl1

Nps
Rgu
ptl
दाङ । दाङमा प्रहरीले आठ जना जुवाडेलाई प्रक्राउ गरेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरा स्थित विष्णु आचार्यको खाली घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई प्रक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा तुलसीपुर ११ का रोहित न्यौपाने, वडा नम्बर ६ का चित्र बहादुर बस्नेत, सोहि वडाका मिन केतन गिरी, सुरेन्द्र हमाल, वडा नम्बर १२ का मान बहादुर रावंत, वडा नम्बर ६ का दिपेन्द्र गिरी, सोहि वडाका बिबेक मल्ल र दिगम्बर गिरी रहेका छन् ।
उनिहरुको साथबाट एक लाख, ९८ हजार दुई सय रुपैँया नगद, जुवा खेल्न प्रयोग भएको १६ थान कौडा सहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
प्रक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिना सम्म कैद वा तिस हजार जरिवाना र दोस्रो पटकलाई १ बर्ष सम्म कैद र पँचास हजार रुपँैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको उहाँको भनाई रहेको छ ।
