सागर थापा मंगलबार, कार्तिक ०९, २०७८

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले ७ जना जुवाडेलाई तास खेलिरहेको बेलामा पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले साढे ३ लाख रकम पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–८ मा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका कोहलपुर प्रहरीले राती साढे १२ बजे छापा मारेको थियो । जुवाडेहरु नजिकैको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र इप्रका कोहलपुरको टोली र केही घुमुवाको सक्रियतामा उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जनाएका छन् । चाडपर्व भित्रिएसँगै जुवाडेहरु सल्बलाउन थालेका छन् ।केही दिन अघि पनि प्रहरीले बैजनाथबाट तीन जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरुलाई पनि जंगलबाटै पक्राउ गरिएको थियो । घरमा प्रहरीले छापा हान्ने भयले जुवाडेहरुले जंगल क्षेत्रलाई जुवाखाल बनाउन थालेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]