
Rbs
Gsbus
syysr
dsbus
gms
Amb
Pbu
Bksbus5
Nssbus7
Csbus
Gsl
Ddhbs
Ratbs
Ssbus
Jsbus
Syees

Rgs
Rgu
Ggd
Ssm
Tsm
Pvg
Bbbpu
Asm
Gst
Rsb
Sls
Ksm
Sbs
nsb
Bbu
Vor
Rgu
Wsp
Hal

Rpp
Gsb
Jmb
bbt
Syp
Rmb
Pls
Mks
Jmb
Ptm
Abd
Bml
sab
दाङ । आइतबारदेखि परेको अविरल बर्षको कारण हजारौं बिघा जमिनमा पाकेको धानबाली डुबेर नस्ट भएको छ। बर्ष ले राजपुर ४को भुर्किहवा ,कोम्रे, दुलैया, खल्सा, रोहिनिया, मोतिपुर, फोहरा, जङ्र्ह्वा चङुवा, सालभौरी, नौसरा, गङ्दी , खयरभट्टी , जहरे दमारा लगायतका क्षेत्रहरुमा रहेको खेतमा पाकेको धान डुबेर नस्ट भएको छ। दशै पुर्ब केहि दिन घाम लागेर किसानहरूले अधिकांस खेतमा काटेर लडाएका थिए भने काट्न बाकी धान कात्ने तर्खर गरिरहदा बिगत दुई दिन देखि परेको अविरल बर्षले धान डुबाएर नस्ट गरिदिएको छ। बर्ष भरी खाने धानबाली हिजो देखि परेको अविरल बर्षले नस्ट हुँदा अब कसरी गुजारा गर्ने हो भन्ने चिन्ता लागेको स्थानीय किसान गोमा भण्डारीले बताउनु भएको छ। त्यस्तै निकै दुख गरेर असारमा रोपेको धान बाली घरमा भित्र्याउने बेलामा प्राकृतिक बिपदाले नस्ट गर्दिएको स्थानीय किसान इन्द्र भण्डारीले बताउनु भयो ।
घरका धेरै परिवारलाइ धान्ने बर्सभरिको खेती छिन भरमै पानीमा डुबेर नस्ट हुदा जहानपरिवार कसरी धान्ने चिन्ता बढेको स्थानीय किसान राजकुमार बिस्वकर्माले बताउनु भयो। बर्सातका कारण लमही नगरपालिका , राप्ती ,राजपुर , गढवा गाउपालिका भित्रका हजारौं हेक्टर खेतमा लगाएको धान बाली डुबेर नस्ट भएको छ।
यस्तै अविरल बर्षले राजपुर ४ बेलासी सोतामा आएको बाढीले स्थानीय राम फकिरे रैदास को घर डुबानमा परेको छ ।
