
Csb
Ksb
Gsb
Ppu
Fmb
Rsb
Ksb
Nsb
jsb
Bsn
Ssb
Usb
Tgp
Rks
Ssb
Ksb

Gsb
Hl1
Tsb
Ssb
Usb

ptl
Nps
Rgu
दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपश्चात आज एक कार्यक्रम गरी अस्पताललाई तुलसीपुरमा सारिएको होे ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर कोरोना इकाईको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गर्नुभएको हो ।
अस्पतालमा २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू र १० वेडको एचडियू वेड गरी ६० वेडको रहेको छ ।
त्यस्तै भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल संचालनमा ल्याएको थियो । प्रदेश सरकारको २०७६ साल चैत १० गतेको निर्णय अनुसार दाङको बेलझुण्डीसहित प्रदेशका ४ स्थानमा अस्थाई रुपमा प्रदेशस्तरिय अस्पताल सञ्चालनमा ल्याईएको थियो ।
