
lnp
Lks
Rgp
Rgp
Dus
Rgp
Usb
Ggp
Jns
Lnp
Asb
Sgp
Rgp
ksb
Ggp
Dbs
Pbu


बाँके । भन्सार छली नेपालगञ्ज भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी र बाँके प्रहरीको संयुक्त टोलीले नेपालगञ्ज वडा नम्बर १० बाट लत्ताकपडा,पास्ता, घण्टी,सुपारीलगायतको विभिन्न सामान बरामद गरेको हो ।
बरामद गरिएको २ लाख ९८ हजार ५० रुपैयाँको सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

