
Lnp
sbs
Pbu
Sgr
Rgp
cjs
Ggp
Pes
Srbpu
Unsku
Rgp1
Gfs
Rgp
pku
Rmb
Sds
Cps
Gis
Djs

Ksm
nsb
Sbs
Rgu
Sls
Rsb
Rgs
Ssm
Tsm
Bbbpu
Pvg
Wsp
Bbu
Ggd
Gst
Vor
Asm
Rgu
Hal

Jmb
Rpp
Ptm
Syp
Jmb
bbt
Gsb
Mks
Rmb
sab
Pls
Bml
Abd
दाङ । दाङ जिल्लामा ईन्जिनियरिङ्ग कलेज स्थापनाका लागि नेपाल सरकारले योजना अघि बढाएको छ ।
त्रिभुवन बिश्व बिद्यालयद्वारा मान्यता प्राप्त ईन्जिनियरिङ्ग कलेजहरु प्रदेश/प्रदेशमा सञ्चालन गर्ने नेपाल सरकारको योजना अनुरुप लुम्बिनि प्रदेश अन्तरगतको दाङ जिल्ला पनि छनौटमा परेको हो । कलेज स्थापनाको चर्चा चले सँगै आफ्नै क्षेत्रमा स्थापना गरिनुपर्ने भनेर दँगाली नेताहरु रस्सा कस्सीमा छन । भौगोलिक रूपमा ठूलो रहेको दाङ जिल्ला मुख्य त देउखुरी, घोराही र तुलसीपुर गरि ३ भागमा बिभाजन छ ।
कलेज स्थापनाका लागी घोराही, तुलसीपुर र देउखुरीका राजनितिक दलका नेताहरुले आफ्नै क्षेत्रमा पार्न खोज्नु सोभाबिक पनि हो । तर सबैलाई पायक पर्ने स्थानमा कलेज स्थापना हुनुपर्ने बिज्ञ तथा सर्बसाधारणहरु बताउछन । पुर्ब पश्चिम राजमार्ग सँग सटेको देउखुरी उपत्यका नै कलेजका निम्ति उपयुक्त रहेको धेरैको ठम्याई छ । सँरचना निर्माणका लागीपनि आबस्यक्ता अनुसारका जग्गाहरु देउखुरीमा प्रसस्तै रहेको नेताहरु बताउछन । बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, कपिलबस्तु लगायत जिल्लाका राजनितिज्ञहरु पनि देउखुरी क्षेत्र उपयुक्त रहने बताउँछन ।
जिल्लाको समानुपातिक बिकाशलाई मध्यनजर गर्दापनि देउखुरी क्षेत्रमा नै कलेज स्थापना गरिनु पर्ने नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेयले बताए । दाङ जिल्लालाई ३ वटा सँघिय निर्बाचन क्षत्रहरुले बिभाजन गरिएको छ । क्षेत्र नम्बर ३ मा एयरपोर्ट सँचालनमा छ भने क्षेत्र नम्बर २ मा मेडिकल कलेज सञ्चालनका लागि निर्माणको तयारी अबस्थामा छ । तर सँघिय निर्बाचनको क्षेत्र नम्बर १ अन्तरगत पर्ने देउखुरीमा गर्भाम्बित हुने त्यस्ता कुनै ठुला योजनाहरु भने छैनन् । त्यसैले पनि समानुपातिक बिकाशका निम्ति देउखुरीमै कलेज स्थापना हुनुपर्ने धेरैको बुझाई छ ।
देउखुरीमा कलेज स्थापनाका लागि केन्द्र सम्म पहुँच रहेका देउखुरीका नेताहरुको पहलकदमी आबस्यक रहन्छ । सरकार सम्म पहुँच रहेका देउखुरीमा नेता नभएका त हैनन् । तर पहल कदमी कत्तिको रहन्छ त्यो हेर्न भने बाँकि नै छ । सँघिय सरकारमा मन्त्रीका लागि सिफारिसमा परेका नेकपा एकीकृत समाजबादीका (संघिय साँसद) मेटमणी चौधरी देउखुरीबासी हुन । उनी मन्त्री बन्ने पक्कापक्कि जस्तै छ । मन्त्री भए पश्चात् देउखुरीमै कलेज स्थापनाका निम्ती उनको पहल उल्लेख्य रहनेमा देउखुरी बासी आशाबादी छन ।
उनी जस्तै सरकारमै रहेको नेपाली काँग्रेसका नेताहरु योगेन्द्र चौधरी, शुसिला चौधरी, पार्बती डिसी चौधरी (संघिय साँसद), नेकपा एमालेका गँगा चौधरी (सँघिय साँसद), माओबादी केन्द्रका ईन्द्रजित थारु (प्रदेश साँसद), नेकपा एमालेका रेवती रमण शर्मा (प्रदेश साँसद), केन्द्रीय नेता सँग डाईरेक्ट सम्पर्कमा रहेका काँग्रेस नेता जानकिलाल बस्नेत लगायतका थुप्रै पार्टीका थुप्रै नेताहरु एकजुट भएर पहल थाल्ने हो भने देउखुरीमै कलेज स्थापना हुने निश्चित छ । कलेज स्थापनाका निम्ती यिनै नेताहरुको एकता भने हेर्न बाँकि छ ।
नेपालमा अहिले थापाथली, धरान, पोखरा, पुलचोक, भरतपुर गरि ५ स्थानमा ईन्जिनियरिङ्ग कलेजहरु सञ्चालनमा छन । नेपाल सरकारले अहिले थालेको योजना अनुरुप ईन्जिनियरिङ्ग कलेज हरु बढ्ने भएकाले बिद्यार्थीहरुलाई थप सहज हुने बिश्वास गरिएको छ ।
देउखुरीमा कलेज स्थापनाका लागि राजनितिक दल एकजुट
देउखुरीमा ईन्जिनियरिङ्ग कलेज स्थापनाका लागि देउखुरीका विभिन्न राजनितिक दलका नेता तथा सँघसँस्थाहरु एकजुट भएका छन । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेयको सभापतित्वमा बुधबार लमहीमा सम्पन्न सर्बपक्षिय सर्बदलिय बैठकले देउखुरीमै कलेज स्थापनाका लागि एकजुट भएर पहल थाल्ने निर्णय गरेको छ ।
बैठकमा काँग्रेसका भेषराज पाण्डेय, नेकपा एमालेका ध्रुप नारायण चौधरी, माओबादी केन्द्रका अमर कवँर नवीन, नेकपा एकीकृत समाजबादीका रामप्रसाद गैरे, जनता समाजबादी पार्टीका किशोर कुमार घर्ती मगर, नेकपा एमालेका पवन रिजाल, नेकपा क्रान्तिकारी माओबादीका कृष्ण घिमिरे, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, राप्ती उद्योग बाणिज्य संघका कृष्णराज पौडेल, चेम्बर अफ कमर्श लमहीका अजय न्यौपाने, गढवा उद्योग बाणिज्य संघ, रोटरी क्लब देउखुरी, लमही जेसिज, लायन्स क्लब देउखुरी लगायत पत्रकार सहितको सर्बपक्षिय सर्बदलिय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कलेज स्थापनाका निम्ति आबस्यक पहल थाल्ने र डेलिगेशन जाने स्थिति आएमा सबै एकजुट भएर डेलिगेशन जाने सम्मको निर्णय गरेको छ ।
