
lnp
Dus
Lnp
ksb
Rgp
Rgp
Ggp
Rgp
Rgp
Lks
Asb
Sgp
Jns
Usb
Ggp
Dbs


दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही रातो डाँडामा देउखुरी भारतीय भुतपुर्व सैनिकका पदाधिकारीहरुलाई हकहित सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
देउखुरी-भारतीय भुतपुर्वक सैनिकका अध्यक्ष मोम बहादुर रोका मगरको अध्यक्षता तथा संयुक्त भुतपुर्वक सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा देउखुरीका सम्पुर्ण पदाधिकारीलाई हक र हित सम्बन्धि प्रशिक्षण दिइएको हो ।
भुतपुर्व सैनिक राष्ट्रिय जनजागरण अभियान मार्फत
लमहीमा भएको कार्यक्रममा विगतदेखि नै नेपाल सरकारले भारतीय भुतपुर्व सैनिकलाई दिनुपर्ने सेवाहरुबाट बन्चित गरेको र हेर्ने दृष्टिकोणमा पनि फरक त्यस्तै सधै भुतपुर्व सैनिकहरु हेप्पवा प्रविधिको मुनिमा दबेर बस्नु परेको हुँदा अबका दिनमा यस प्रविधिको प्रतिकार गर्नका लागि सैनिकलाइ प्रशिक्षण दिइएको थियो ।
यसैगरी उक्त कार्यक्रममा भुतपुर्व सैनिकलाई पछिल्लो समयमा विभिन्न राजनीतिक दलले प्रयोग गर्दै आएको हुँदा देशभरका सम्पूर्ण सैनिकहरु सचेतभई एक ढिक्का भएर सैनिक छाता संगठनमा आबद्ध हुँदै आगामी दिनमा आफू र भुतपुर्व भएर आउने सैनिक तथा आफ्ना सन्ततिको हकहितको लागि निरन्तर लाग्न केन्द्रीय अध्यक्ष थापाले अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा केन्द्रीय महासचिव कुल बहादुर के.सी,सचिव पदमप्रताप जि.सी,नेपाल भुतपुर्व सैनिकका केन्द्रीय सदस्य शिव ध्वज मल्ल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन देउखुरी-भारतीय भुतपुर्व सैनिकका सचिव जगत पुन मगरले गर्नु भएको थियो ।

