
Jns
Lnp
Pbu
Asb
Rgp
Rgp
ksb
Rgp
Dus
Sgp
Ggp
Usb
Lks
Ggp
Rgp
lnp
Dbs


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीमा निर्माण भएको खानेपानी टंकी उपभोक्तालाई एक कार्यक्रमको बीचमा हस्तान्तरण गरिएको छ ।
राजपुर गाउँपालिका र ६ नम्बर वडा कार्यालयको तर्फबाट ६५ लाख, ५० हजार तथा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाद्वारा संचालित इनकोर कार्यक्रमको ८२ लाख, २२ हजार, ८ सय, ९ रुपैयाँ र जन श्रमदान १८ लाख, ९४ हजार, ४ सय ६५ गरि जम्मा १ करोड, ६४ लाख, ६७ हजार,दुई सय ७४ रुपैयाँको लागतमा निर्माण भएको सो खानेपानी टंकी विधिवतरुपमा शुक्रबार उद्घाटन गरि हस्तान्तरण गरिएको हो ।
त्यस गाउँमा जम्मा ३ सय घरधुरी रहेको छ भने १५ सय ५२ जनसंख्या रहेको छ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेरेसोका प्रतिनिधि, कर्मचारी तथा सो गाउँका उपभोक्ताहरुको बाक्लो उपस्थितिमा भव्य साथ खानेपानी टंकीको उद्घाटन गरिएको नेरेसोका कर्मचारी श्यामराज रावतले जानकारी दिनु भयो ।

