
sbs
Sds
Cps
Pes
cjs
Rmb
Lnp
Rgp
Rgp
Sgr
pku
Unsku
Srbpu
Djs
Ggp
Pbu
Rgp1
Gis
Gfs

Ksm
Asm
Gst
Bbu
Sbs
Tsm
Bbbpu
Rgu
nsb
Rgu
Vor
Rgs
Rsb
Pvg
Wsp
Ggd
Ssm
Hal
Sls

Rmb
Jmb
Bml
Mks
Gsb
Ptm
sab
bbt
Syp
Pls
Jmb
Abd
Rpp
बर्दिया । भन्सार छली नेपालबाट भारत तर्फ केराउको तस्करी बढेसंगै प्रहरीले निगरानी पनि बढाएको छ ।
केराउको तस्करी रोक्न प्रहरीले महत्वपुर्ण भुमिका खेलेको छ । अघिल्लो महिना देखि अहिले सम्म तीन पटक ठुलो परिमाणमा केराउ प्रहरीले बरामद गरेको छ । नेपालबाट भारत तर्फ केराउको तस्करी गर्न जति प्रयास गरेपनि प्रहरीले तस्करीमा संलग्नको प्रयास असफल पारेको छ । बुधबार मधुवन नगरपालिका–८ स्थितबाट २२ क्विन्टल ५० किलोग्राम मुल्य रु २ लाख २५ हजार बराबरको अबैध केराउ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।
प्रहरीले अघिल्लो महिनामा गुलरिया नगरपालिका–१० स्थित केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाने गरी राखिएको अवस्थामा १ सय ६८ दशमलव ७५ क्विन्टल र साईकल ८ वटा गरी मुल्य रु १६ लाख ९१ हजार ५ सय बराबर बरामद गरेको थियो ।
त्यसैगरी मधुवन नगरपालिका–५ गाउँ नम्बर ११ बडगाउँ स्थितबाट ३९ क्विन्टल ३० किलोग्राम ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको र सोही उदेश्यले नजिकै २२ क्विन्टल थुपारी राखेको अवस्थामा जम्मा ६१ क्विन्टल ३० किलोग्राम केराउ बरामद गरेको थियो । जसमा केराउको मुल्य रु ४ लाख ३० हजार ५ सय र ट्याक्टरको मुल्य रु १२ लाख गरी जम्मा मुल्य रु १६ लाख ३० हजार ५ सय बराबरको बरामद भएको प्रहरीको रेकर्डले पुष्टि गर्छ ।
