सागर थापा बिहिबार, आश्विन १४, २०७८

बर्दिया । भन्सार छली नेपालबाट भारत तर्फ केराउको तस्करी बढेसंगै प्रहरीले निगरानी पनि बढाएको छ ।

केराउको तस्करी रोक्न प्रहरीले महत्वपुर्ण भुमिका खेलेको छ । अघिल्लो महिना देखि अहिले सम्म तीन पटक ठुलो परिमाणमा केराउ प्रहरीले बरामद गरेको छ । नेपालबाट भारत तर्फ केराउको तस्करी गर्न जति प्रयास गरेपनि प्रहरीले तस्करीमा संलग्नको प्रयास असफल पारेको छ । बुधबार मधुवन नगरपालिका–८ स्थितबाट २२ क्विन्टल ५० किलोग्राम मुल्य रु २ लाख २५ हजार बराबरको अबैध केराउ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

प्रहरीले अघिल्लो महिनामा गुलरिया नगरपालिका–१० स्थित केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाने गरी राखिएको अवस्थामा १ सय ६८ दशमलव ७५ क्विन्टल र साईकल ८ वटा गरी मुल्य रु १६ लाख ९१ हजार ५ सय बराबर बरामद गरेको थियो ।

त्यसैगरी मधुवन नगरपालिका–५ गाउँ नम्बर ११ बडगाउँ स्थितबाट ३९ क्विन्टल ३० किलोग्राम ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको र सोही उदेश्यले नजिकै २२ क्विन्टल थुपारी राखेको अवस्थामा जम्मा ६१ क्विन्टल ३० किलोग्राम केराउ बरामद गरेको थियो । जसमा केराउको मुल्य रु ४ लाख ३० हजार ५ सय र ट्याक्टरको मुल्य रु १२ लाख गरी जम्मा मुल्य रु १६ लाख ३० हजार ५ सय बराबरको बरामद भएको प्रहरीको रेकर्डले पुष्टि गर्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]