
ksb
Asb
Dus
Ggp
Usb
Lnp
Rgp
Rgp
Lks
Sgp
Rgp
Ggp
Rgp
Jns
lnp
Pbu
Dbs


बाँके । नेपालगन्ज चाड पर्व नजिकिँदै गर्दा बाँकेको जमुनाह नाका भएर नेपाल आउने नेपालीको लर्को लाग्ने गरेको छ। दैनिक हजारौं नेपालीहरु पछिल्लो केही हप्तायता जमुनाह नाका भएर नेपाल भित्रीरहेका छन्। यही मौका छोप्दै बिचौलियाहरु पनि नाकामा सकृय हुने गरेको पाइन्छ। जसका कारण अधिकांश नेपालीहरु नाकामा ठगिने गरेका छन्।
यही कुरालाई मध्यनजर गर्दै बाँके प्रहरीले नाकामा कडाई गरेको छ। अटो रिक्सा, गाडी वालाहरु लगायत होटल वालाहरुले भारतबाट नेपाल आउने नेपालीलाई ठग्ने गरेको पाइएपछि बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेले एकासी नाकामा छड्के अनुगमन गरेका थिए।
नाकालाई सहज र सरल बनाउनलाई पुगेका एसपी र डिएसपीले अनुगमन गर्दा २ जना बिचौलियालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा पठाएका थिए।
सोझासाझा नेपाली एवम यात्रुलाई विशेषगरि दशै तिहार जस्ता चाड पर्वमा बिचौलियाले ठ्ग्ने एव्ं दुख दिने भएकोले नाकामा कडाइ गरिएको बाँके जिल्ला एसपी अधिकारीले जानकारी दिए ।
