
Lnp
Msbus
Ksbus
Asbus
Sdc
Ggp
Rgp
Ggp
Ksbus


दाङ । देउखुरीको राजपुर गाउपालिका वडा नम्बर ३ भैसहवा र खरदरियाका अति बिपन्न वर्गका ५० घर धुरीलाई जनही २५,००० हजारका दरले आर्थिक वितरण गरिएको छ ।
नेपाल रेड्क्रस सोसाइटी दाङ जिल्ला शाखाद्वारा संचालित (इनकोर) कार्याक्रम मार्फत सोमबार दुई गाउँका ५० घरधुरीलाई जिविकोपार्जन गर्नको लागि जनही २५,००० हजारका दरले जम्मा १२ लाख ५० हजार नगद आर्थिक सहयोग गरिएको रेड्क्रसका कर्मचारी श्यामराज रावलले जानकारी दिनु भयो ।
उक्त रकमलाई राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव,नेपाल रेड्क्रस सोसाइटी दाङ शाखाका सभापति नारायण आचार्य,कार्याक्रम अधिकृत जगत तामाङ,देवि प्याकुरेल,थानेशोर पोख्रेल,श्याम राज रावत लगायत सो गाउँका समाजसेवी एवं बुद्धिजीवीको उपस्थितमा वितरण गरिएको थियो भने कार्याक्रमको संचालन देवि प्याकुरेलले गर्नु भएको थियो ।
त्यस्तै यस अघि पनि राजपुर गाउँपालिकाको वडा नम्बर १ को माररी खोलाका अति विपन्न २५ घरधुरीलाई २५,००० हजारका दरले ६ लाख २५,००० हजार आर्थिक सहयोग गरिएको छ भने यस्तै माररी,भैसहवा र खरदरीयामा १/१ ओटा बोयर बोका वितरण गरिएको रेड्क्रसका कर्मचारी रावतले जानकारी दिनु भयो ।
