
Ksb
Gsb
Fmb
Ssb
Ksb
Nsb
Csb
Tgp
Usb
Rks
Bsn
Ksb
Rsb
Ppu
Ssb
jsb

Usb
Tsb
Ssb
Hl1
Gsb

ptl
Rgu
Nps
दाङ । देउखुरीको गढवामा पहिलो पटक जिम एण्ड फिटनेश सेण्टर संचालनमा आएको छ । संचालक प्रसान्त सिंह डिसीको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडानं. ६ का अध्यक्ष बालचन्द्र ठकूरी हमालले सोमवार फिटनेश सेण्टरको उद्घाटन गर्नू भएको हो ।
त्यस्तै जिम एण्ड फिटनेश सेण्टरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष यादवले मानव स्वास्थ्यका लागि उपयोगी यो सेण्टर गाउँपालिकाको एक महत्वपुर्ण गहना भएको भन्दै पालिकाको तर्फबाट सकारात्मक सहयोग रहने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष हमालले गढवा क्षेत्रमै पहिलो पल्ट जिम हाउस संचालनमा आएकोमा गढवाबासी सबैको गर्भको बिषय भएको बताउनु भयो ।
यसैगरी जिम सेण्टरमा सबै उमेर समूहका महिला, पुरुषहरुका लागि जिम तथा शारीरिक ब्यायामका लागि सबैखालका एकसय बढी सामाग्रीहरु रहेको पाइएको छ । सबै खाले जेनेरेशनका लागि उपयोगी होस भनेर ब्यायामका लागि बिभिन्न प्रकारका सामानहरु ल्याएका छौं–संचालक खिम बहादुर बुढा मगरले बताउनु भयो ।
युगको आवश्यकतालाई बोध गदै दक्षिण देउखुरी क्षेत्रमै पहिलो पल्ट जिम सेण्टर संचालनमा ल्याएका छौं । तिन प्रकारका प्याकेजमा सुविधा प्रदान गर्ने योजना बनाएका छोै–संचालक प्रसान्त सिंह डिसीले भन्नु भयो ।
त्यस्तै दक्षिण देउखुरी क्षेत्रमा पहिलो पल्ट ठूलै लगानीमा सुरुवात गरिएको उक्त जिम सेण्टरको संचालकमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर र युवा उद्यमी प्रसान्त सिंह डिसी रहनु भएको छ ।
बिहान ५ देखि ९ सम्म र बेलुका ४ देखि ९ बजे सम्म खुल्ने सो फिटनेश सेण्टरमा तिन प्याकेजका शुल्कको कार्यक्रम तय गरिएको छ। जस अनुसार तिन महिने प्याकेजका लागि प्रबेश शुल्क सहित ४ हजार ६ सय शुल्क रहेपनि १ हजार १ सय छुट गरि कुल शुल्क ३ हजार ५ सय रहेको छ ।
यस्तै ६ महिने प्याकेजमा १ हजार प्रबेश शुल्क सहित ८ हजार २ सय रहेको र १ हजार ७ सय छुट गरि जम्मा ६ हजार ५ सय शुल्क रहेको छ भने एकबर्षे प्याकेजमा १ हजार प्रबेश शुल्क सहित १५ हजार ४ सय शुल्क रहेकोमा ३ हजार ४ सय छुट गरि जम्मा १२ हजार शुल्कः रहेको संचालकद्धयले जानकारी दिनुभएको छ । उद्योगले गढवा गाउँपालिकाबाट बैधानीक मान्यता प्राप्त गरेको र आन्तरिक राजश्व कार्यालयमा जाने तयारी भैरहेको संचालकले बताउनुभयो ।
उक्त उद्घाटन कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल, निवर्तमान अध्यक्ष रविलाल आचार्य,रेडक्रस उपशाखाका उपसभापति कोकिला शाही,चेतनशिल महिला समाज केनद्रका अध्यक्ष सकुन्तला डिसी,खेल प्रशिक्षक किरण पौडेल र जिम हाउसका प्रशिक्षक राजेश यादव लगायत स्थानीय समाजसेवी र ब्ववसायीहरुको उपस्थिति रहेको थियो ।
