
jsb
Rsb
Ksb
Ssb
Ppu
Usb
Fmb
Ssb
Ksb
Csb
Tgp
Nsb
Bsn
Rks
Ksb
Gsb

Usb
Hl1
Gsb
Ssb
Tsb

ptl
Rgu
Nps
कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर १ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौं तर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो ।
बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरीक्षक हरी जिसीले जानकारी दिए। दुर्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। मध्यम घाइते भएका ५ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ।
तीव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना पछि बस चालक फरार रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
