
Usb
Rgp
Rgp
Ggp
Dbs
Sgp
Lnp
Pbu
Jns
Rgp
Ggp
lnp
Dus
Lks
Asb
Rgp
ksb


कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर १ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौं तर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो ।
बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरीक्षक हरी जिसीले जानकारी दिए। दुर्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। मध्यम घाइते भएका ५ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ।
तीव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना पछि बस चालक फरार रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
