
Gsb
Tgp
Ksb
Nsb
Ssb
Rsb
jsb
Ksb
Ssb
Ksb
Rks
Bsn
Ppu
Usb
Csb
Fmb

Hl1
Usb
Tsb
Ssb
Gsb

Nps
ptl
Rgu
काठमाडौं । रामेछापमा सवारी जीप दुर्घटना भएको छ । बिहिबार बिहान ६ बजेतिर मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बालक घाइते भएका छन् ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ३५१३ नम्बरको बोलेरो जीप खुर्कोट-मन्थली सडकखण्डको हात्तीटार भीरबाट करिब तीन सय मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका वडा नम्बर ६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा,उनका श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् । दुर्घटनामा घाइते भएको लाक्पाका १२ वर्षीय छोरा धावा शेर्पालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । तीव्र गतिमा रहेको जीप साँघुरो सडकको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
