
sbs
Ggp
cjs
Gfs
Pes
Rgp
pku
Unsku
Srbpu
Djs
Rgp1
Pbu
Sgr
Lnp

Ksm
Rgs
Asm
nsb
Rsb
Tsm
Gst
Sbs
Bbbpu
Sls
Vor
Ssm
Pvg
Hal
Wsp
Ggd
Bbu
Rgu
Rgu

Pls
Rmb
Mks
Bml
Jmb
Gsb
Rpp
sab
Jmb
Abd
bbt
Ptm
Syp
काठमाडौं । नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ ।
त्यस्तै खोख भोलि नेपाल आइपुग्ने छ । सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज साँझ ५:४५ बजे बेइजिङ तर्फ जाने छ । आज बेइजिङका लागि जाने विमानले भोली शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने बुझिएको छ ।
यस्तै यस अघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो। तर पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो ।
तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ । जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो। भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो । आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारले लक्ष्य लिएको छ ।
