Sidha Patra शनिबार, भाद्र २६, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ चंगवाका पूर्व प्रहरी हवल्दार भरत बर्माको शनिबार राप्ती नदीको घाटमा अन्तिष्टी गरिएको छ ।

आज बिहान महतेनिया खोला स्थित राप्ती नदीको घाटमा ४६ वर्षीय बर्मालाई ईलाका प्रहरी कार्यालय गढवाको एक टुकडीले शोक सलामी दिएपछि उनको अन्तिष्टी गरिएको हो ।

“बर्माको अन्तिष्टीमा जनप्रतिनिधिदेखि नेतासम्म”बर्माको अन्तिष्टी कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेत,प्रदीपराज शर्मा,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,जिल्ला सदस्य गोबिन्द रेग्मी,देवराज पाठक,पुर्व महासमिति सदस्य मधु न्यौपाने,अनुप थापा, लमही नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भेषराज केसी (रमेश)राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारी,लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष जंग बहादुर चौधरी,नेकपा माओवादी राजपुरका वरिष्ठ नेता भोगेन्द्र सिंह,नेकपा राजपुरका नेता भिम ओली लगायत उनको आफन्तजन इष्टमित्र एवं शुभचिन्तक र स्थानीयको ठुलो उपस्थितिमा अन्तिष्टी गरिएको थियो ।

“कसरी भएको थियो बर्माको घटना”

पुर्व प्रहरी हवल्दार भरत बर्मा भदौ २३ गते लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा रातिको समय अन्दाजी ९/१० बजेतिर अचेत अबस्थामा रहेको बेला प्रहरीले फेला पारेको थियो ।

बर्माको घटना हुँदा साथ उनलाई तत्काल नेपालगन्ज स्थित भेरी अस्पतालमा भर्ना गरि उपचार गर्दागर्दै शुक्रबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । पुर्व हवल्दार बर्मा २०५६ साल नेपाल प्रहरीमा भर्ना भएर २०७५ सालमा आफ्नो कार्यकाल पूरा गरी हवल्दार पोष्टबाट पेन्सनमा रिटायर भएका थिए ।

यस्तै दुई,ढाई वर्ष देखि यता लमही नगरपालिका वडा नम्बर ५ लमहीमा आफ्नो श्रीमती बालिका बर्मासंग होटल गर्दै आएका थिए । बर्माका दुई छोरा र एक छोरी पनि रहेका छन् ।

उनका जेठो छोरा अहिलेका जल्दोबल्दो इभेन्ट डाइरेक्टर दिपक बर्माका अनुसार भरतको टाउकोमा ढुंगाले किचेको जस्तो देखिएको हुँदा उक्त घटना रहस्यमय रहेको बताएका छन् । नेपाल प्रहरीमा कार्यरत रहेको समय केही व्यक्तिसंग दुश्मनी थियो कि ? नत्र बुवाले लमहीमा हालको समय त होटेल गरेर बस्नु हुन्थ्यो । यस्तो रहस्यमय घट्ना त नघट्नु पर्ने यसमा केही रहस्य छ । दिपकले सिधापत्र डटकमसंग भने । अहिले बुवाको घटना सम्बन्धि वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय गढवाले अनुसन्धानमा राखेको छ । अवश्य पनि प्रहरीले दोषीलाई पत्ता लगाएर कारबाही गर्ने छ,बर्माका छोरा दिपकले आशा व्यक्त गरेका छन् ।

यस्तै सम्बन्धित प्रहरी प्रशासनले यदि पुर्व प्रहरी हवल्दार बर्माको कुनै व्यक्तिबाट घटना घटाइएको छ भने त्यस घटनाको सत्यतथ्य अनुसन्धान गरि दोषी पत्ता लगाएर दोषीलाई कानुनी सजाय दिएर एउटा आफ्नो पुर्व प्रहरी सदस्यलाई श्रद्धाञ्जली अर्पण गरोस् ,भन्दै सिधापत्र डटकम परिवारले भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्द छ । अल बिदा बर्मा सर ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]