Sidha Patra आइतबार, भाद्र १३, २०७८

पोखरा । रोल्पा-पोखरा सम्पर्क समाज कास्कीले आफ्नो २४ औं साधारणसभा तथा छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै,सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र पूर्णबहादुर पुनमगर चुनिएका छन् ।

समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगरले १० कार्यकालपछि नयाँ कार्य समितिलाई पद हस्तान्तरण गरेका हुन् । रोल्पाबाट विभिन्न काम तथा पेशा व्यवसायको सिलसिलामा पोखरालाई कर्मथलो बनाएका रोल्पालीले २०६३ सालमा समाज स्थापना गरेका थिए । समाजमा हाल १११ घरपरिवार एकीकृत रहेको निवर्तमान अध्यक्ष बुढामगरले जानकारी दिए ।

बुढामगरले समाजले कास्कीका विभिन्न ठाउँमा छरिएर रहेका रोल्पालीलाई एकीकृत गर्न र भाइचाराको सम्बन्ध बनाइराख्न सहयोग पुगेको बताए । ‘कास्कीभरि छरिएर रोल्पालीहरुलाई भैपरी आउने समस्यामा समाधान गर्न, उद्धारमा टेवा पुर्‍याउन समाजले अहम् भूमिका खेल्छ,’ उनले भने ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]