शिबराज पन्थी/गढवा आइतबार, भाद्र १३, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ हाँसिपुरको पौरखि युवा समूहद्वारा शनिवार गढवा–८ स्थित रामजानकी मन्दिरलाई सामाग्री सहयोग गरिएको समूहका अध्यक्ष टोपलाल सुवेदी(सागर) ले जानकारी दिनुभएको छ ।

समूहका पदाधिकारी सुवेदी र कमल आचार्य लगायतको टोलीले मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि १० थान कुर्सी प्रदान गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बिएम रत्न तुलाधरले जानकारी दिनु भयो । युवा समूहले गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासका वडा अध्यक्ष सद्दाम सिद्दिकी,ब्यवस्थापन समिति अध्यक्ष बिएम रत्न तरलाधर र मन्दिरका पुजारी नान्हक प्रसाद शुक्लालाई हस्तान्तरण गर्नु भएको जानकारी प्राप्त भएको छ । नेपाकै जनकपुर पछिको पुरानो र दोश्रो ठूलो कोइलाबासको रामजानकी मन्दिरको संरक्षण, सम्वर्धन र भौतिक सुधारमा सबै पक्षको सहयोग आवश्यक रहेको बिषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

त्यस्तै युवा समूहले मन्दिरमा आउने पर्यटक र पाहुनाहरुलाई बस्न कुर्सीको आवश्यकता देखेकोले १० हजार बराबरका कुर्सी किनेर मन्दिरलाई हस्तान्तरण गरेको बताएको छ । युवा समूहले केही समय पछि त्यहाँ स्थित मदरासा लाई पनि केही सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । आवश्यकता पहिचान गरि मन्दिरलाई कुर्सी प्रदान गरेकोमा कार्यक्रममा बोल्दै वडा अध्यक्ष सिद्दिकीले युवा समूहलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]