
Rgp
lnp
Usb
Rgp
Rgp
Lks
Dbs
Ggp
Jns
Ggp
Lnp
Sgp
Asb
Pbu
Rgp
ksb
Dus


बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले मोटर साईकल चोरी गर्ने गिरोहलाई रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.११ बस्ने वर्ष १८ को अनुप चन्द ,सोहि ठाउँ बस्ने बर्ष २० को सुन्दर मल्ल र वर्ष १८ को अम्मर बि.क रहेको डिएसपि खनालले बताए ।
दिउँसोको समयमा ईलाका प्रहरि कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले कोहलपुर नगरपालिका वडा नं ११ स्थित बसपार्कको पुर्व तर्फको सडकमा निम्न व्यक्तिहरुले चोरी गरी लिदै गरेको भे ३ प ६००४ नं को डिस्कभर कालो निलो रंगको मोटरसाईकल थान १. NS मोटरसाइकलको निलो रंगको हेड लाईट थान १,पल्सर मोटर साईकलको निलो रंगको ट्याङकी कभर थान १ र मोटर साईकलको पाट पुजाहरु खोल्न प्रयोग गरीने स्क्रु ड्राईभर थान १,रेन्ची १.मो.सा.स्टिकर थान ७,मोबाईल थान ३,नाईट्राभ्याट १३ चक्की सहित फेला पारी ,उक्त गिरोहलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपि रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।
त्यस्तै निजहरुको साथ बाट फेला परेको भे ३ प ६००४ नं को डिश्कभर मोटर साईकल सम्बन्धित मोटरसाइकल धनीले खोज तलास गरी पाउ भनी दिएको निबेदनको आधारमा प्रहरिले अनुसन्धान अघि बढाएको डिएसपी खनालले बताए ।
