सागर थापा बिहिबार, भाद्र ०३, २०७८

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले मोटर साईकल चोरी गर्ने गिरोहलाई रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.११ बस्ने वर्ष १८ को अनुप चन्द ,सोहि ठाउँ बस्ने बर्ष २० को सुन्दर मल्ल र वर्ष १८ को अम्मर बि.क रहेको डिएसपि खनालले बताए । दिउँसोको समयमा ईलाका प्रहरि कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले कोहलपुर नगरपालिका वडा नं ११ स्थित बसपार्कको पुर्व तर्फको सडकमा निम्न व्यक्तिहरुले चोरी गरी लिदै गरेको भे ३ प ६००४ नं को डिस्कभर कालो निलो रंगको मोटरसाईकल थान १. NS मोटरसाइकलको निलो रंगको हेड लाईट थान १,पल्सर मोटर साईकलको निलो रंगको ट्याङकी कभर थान १ र मोटर साईकलको पाट पुजाहरु खोल्न प्रयोग गरीने स्क्रु ड्राईभर थान १,रेन्ची १.मो.सा.स्टिकर थान ७,मोबाईल थान ३,नाईट्राभ्याट १३ चक्की सहित फेला पारी ,उक्त गिरोहलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपि रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

त्यस्तै निजहरुको साथ बाट फेला परेको भे ३ प ६००४ नं को डिश्कभर मोटर साईकल सम्बन्धित मोटरसाइकल धनीले खोज तलास गरी पाउ भनी दिएको निबेदनको आधारमा प्रहरिले अनुसन्धान अघि बढाएको डिएसपी खनालले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]