शिबराज पन्थी/गढवा बिहिबार, भाद्र ०३, २०७८

दाङ । हुलाकी सडक आयोजना कार्यालय नेपालगंजका इन्जीनियर र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव तथा वडा अध्यक्ष सद्दाम सिद्दिकी लगायतको टोलीले बिहीवार लमही–कोइलाबास सडकको स्थललगत अध्ययन अनुगमन गरेको छ । अनुगमनको क्रममा बर्षात्का कारण लमही कोइलाबास सडक ठाउँ–ठाउँमा चर्किएको र पहिरो झरेर नाली भत्किएको तथा पुरिएको पाइएको टोलीले जनाएको हो । सडकको अवस्था नियाले पश्चात् गाउँपालिकाले तत्काल मर्मतकालागि हुलाकी सडक आयोजनाको कार्यालयलाइ आग्रह गरेको अध्यक्ष सहजराम यादवले बताउनुभयो ।

धेरै स्थानमा पहिरो झरेर नाली पुरिएको छ । नाली निर्माणको क्रममा गुणस्तरिय काम नभएकै कारण कतिपय स्थानमा नाली पनि भत्किएको छ । त्यस्तै कतिपय स्थानका कल्भर्ट पनि खतरायुक्त बनेका छन् । यसको तत्काल मर्मत गर्नुपर्छ–गढवा ८ कोइलाबासका वडा अध्यक्ष सद्दाम सिद्दिकीले भन्नुभयो । गतबर्ष पनि सडकका केहि भाग चर्किएका र भत्किएका थिए तर ति भागहरु भने सडक आयोजनाको कार्यालय मार्फत निर्माणको ठेक्का लिएको कम्पनिले मर्मत गरेको छ–उहाँले भन्नुभयो ।

लमही–कोइलाबास सडक खण्डको मडवा मन्दिर देखि केही तलतिर २ स्थानमा बिच भागबाट कालोपत्रे सडक चर्किएको छ । अन्य स्थानहरुमा पनि घेउँछाउँमा चर्किएको छ । पहिरोले नालीहरु पुरिने र भत्किने पनि भएको छ । चर्किएको र पहिरोले पुरिएको भागहरुमा तत्काल सडक मर्मत गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको छ–गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भन्नुभयो ।सडक निर्माण कम्पनिको निर्माणकार्य सकिए पछि पनि २ बर्ष सम्म मर्मत संभार अवधी रहेको र सो सडक बिग्रे भत्केमा सम्बन्धित कम्पनिले नै मर्मत गर्ने दायित्व रहेको हुलाकी सडक आयोजनाको कार्यालयका इन्जीनियरले बताउनु भयो । हामी तत्काल आयोजनाको कार्यालय मार्फत निर्माण कम्पनिलाई खबर गर्छौ । सडक थप बिग्रिनबाट जोगाउनु पर्छ–गाउँपालिकाका अध्यक्ष यादवले भन्नुभयो । पहिरोले सडकका केहि भाग पुरिएको र तत्काल डोजर लगाएर सफा गर्न आग्रह गरिसकेको अध्यक्ष यादवले बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]