
Lnp
Rgp
Asbus
Ksbus
Ggp
Sdc
Ggp
Msbus
Ksbus


दाङ । दाङमा १६ सय धरौटी बुझाउन नसकेर कारागार चलान भएका युवा छुटेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० का रुपेश चौधरी सात दिनको कारागार बसाई पछि साउन ३१ गते कारागारबाट छुटेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गबाङले जानकारी दिनु भएको छ ।
चौधरी गएको साउन २५ गते सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धामा उनलाई १६ सय रुपैयाँ जरिमाना तोकिएको थियो ।
तोकेको जरिमाना बुझाउन नसके पछि दैनिक ३ सय रुपैयाँ कट्टा हुने गरी उनलाई कारागार चलान गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्बाङ्गले बताए ।
