
Djs
Sgr
cjs
sbs
Gfs
Lnp
Pbu
Unsku
Rgp1
Srbpu
Rgp
pku
Pes
Ggp

Sbs
Hal
nsb
Ksm
Bbu
Rgs
Rgu
Sls
Bbbpu
Tsm
Ggd
Gst
Vor
Ssm
Wsp
Rsb
Rgu
Asm
Pvg

Gsb
Jmb
Ptm
sab
Rpp
Mks
Rmb
Syp
Abd
Pls
bbt
Bml
Jmb
चन्द्रौटा ।कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको शिवपुरका युवाहरु समाजसेवामा तातिएका छन् । कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा परेको अवस्थामा मजदुरहरु पैदलयात्रा बाटै घर तर्फ गैरहेका छन् । सयौं किलोमिटर भोकै र प्यासै हिडिरहेका मजदुरका भगवान बनेर शिवपुरका युवाहरु उदाएका छन ।युवाहरुले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पैदलयात्रीलाई आराम गर्ने, खानाको प्रवन्ध मिलाउँने देखि गन्तव्यसम्म पठाउने बसको व्यवस्था मिलाएका हुन् । गाउँमा पैदलयात्रीको लागि राहत संकलन गरेका युवाहरुले १५ दिनका लागि पुग्ने रासन जम्मा गरेका हुन ।स्थानीय सञ्चारकर्मी कृष्ण थापासहितका युवाहरु यो मानवीय कार्यमा हातेमालो गरेर अगाडी बढेका छन । पूर्वबाट पैदल हुँदै आएका यात्रीहरुलाई शिवपुरमा खानाको प्रबन्ध मिलाएको थापाले मायादेवी अनलाइनलाई बताउँनुभयो ।पूर्वबाट पश्चिम हिडेका १ सय ३० जना पैदलयात्रुलाई खाना खुवाएको युवा हरि सुवेदीले मायादेवीलाई बताउनुभयो । शिवपुरका युवाहरुले अब १५ दिनसम्म विहाना १० बजे शिवपुरको बैलौती चौकमा रहेको भुपु सैनिक आवासीय विद्यालयको अगाडी रहेको हाट बजारमा यात्रुहरुलाई खाना खुवाउने अभियान संचालन गरिएको राम चन्द्र घिमिरेले बताउनुभयो ।पैदलमार्ग हुँदै आएका यात्रुहरुको स्वास्थ्य परिक्षण पनि गरिएको शिवपुर स्वास्थ्य चौकीका अधिकृत लेखनाथ पौडेलले बताउनुभयो । प्राय गरी पश्चिमको दाङ्ग, प्युठान, रोल्पा र नेपालगञ्जसम्म मजदुर पैदल हुँदै हिडेको भेटिने पौडेलले बताउनुभयो । लामो दुरीको बाटो भोकै प्यासै पैदल हुँदै हिड्दा स्वास्थ्य समस्या देखिने भन्दै आफुले उनीहरुको स्वास्थ्य चेकजाँच गरेको उहाँले बताउनुभयो ।शिवपुरमा रहेको उज्यालो बचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष युवराज घिमिरेको पहलमा पनि पैदलयात्रीलाई खानको प्रबन्ध जुटेको युवाहरु बताउँछन । युवाहरुले टाढा टाढा पुग्न नसक्नेका लागि बसको पनि व्यवस्था मिलाउने गरेका छन् ।
