
Lks
Rgp
Pbu
Usb
Lnp
Jns
ksb
Sgp
Ggp
Ggp
Dbs
Rgp
Rgp
Asb
Dus
Rgp
lnp


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालयको नव निर्मित भवनको शनिबार विधिवत रुपमा उद्घाटन भएको छ ।
स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तरगत विनियोजित कुल २५ लाख बजेटबाट निर्मित पाँच कोठे सटर,तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ४० लाख,गाउँपालिकाबाट विनियोजित १० लाख गरि कुल ५० लाखबाट निर्मित चार कोठे पक्की भवन र राजपुर गाउँपाकिला वडा नम्बर २ को वडा कार्यालयबाट विनियोजित आर्थिक वर्ष २०७५/०७६ मा १० लाख र २०७७/०७८ मा विनियोजित १० लाख गरि कुल बीस लाख बजेटबाट निर्माण गरिएको दुई कोठे पक्की भवनको संयुक्तमा शनिबार उद्घाटन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरराज गिरीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता र राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको विशेष अतिथिमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि चौधरीले मुलुकको शिक्षालाई दिगो विकास गर्नका लागि शिक्षामा लगानी आवश्यक रहेको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले सो विद्यालयमा छात्रा बासको अत्यन्तै आवश्यक रहेकोले तत्काल आवश्यक बाजेटको लागि पहल गरि दिनको लागि प्रमुख अतिथि संघीय सांसद मेटमणी चौधरीलाई अनुरोध गर्नु भयो ।
उक्त विद्यालयका शिक्षक शेरबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अतिथि संघीय सांसद मेटमणी चौधरी,गाउँपालिका अध्यक्ष लोकराज केसी,वडा अध्यक्ष दुर्गा शर्मालाई कदर एवं सम्मान पत्र र अबिर फुलमाला,दोसल्ला ओढाएर भव्य सम्मान गरिएको थियो ।
त्यस्तै सो कार्यक्रमको बारेमा जानकारी र भवन निर्माणको सार्वजनिक सुनुवाइका लागि आर्थिक आयव्यय प्रस्तुत विद्यालयका प्रधानाध्यापक केशवराम यादवले गर्नु भएको थियोे भने कार्यक्रमको संचालन शिक्षक देशराज गुप्ताले गर्नु भएको थियो ।

