
Pbu
Mbdvs
mbd
Sds
Gisld
Rbs

Rgu
Bbbpu
nsb
Rgu
Sls
Ggd
Gst
Asm
Rsb
Wsp
Pvg
Ksm
Hal
Tsm
Rgs
Vor
Sbs
Ssm
Bbu

Jmb
Rpp
Syp
Ptm
Jmb
Rmb
Abd
Bml
Gsb
sab
Mks
Pls
bbt
दाङ । लमही नगरपालिका वडा नम्बर ८ स्थित टेङ्नैया बाबा धाम धार्मिक तथा पर्यटकीय क्षेत्रमा शिव र गणेश भगवानको मुर्ती स्थापना गरिएको छ ।
सोमवार लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासेले स्थापना गरिएको शिव र गणेश भगवानको मुर्तीको प्राण प्रतिष्ठा गरेका हुन । भक्तजनहरुको उपस्थितीमा मुर्तीको प्राण प्रतिष्ठा गरिएको हो ।
अहिले टेङ्नैया बाबा धाममा पर्यटकहरुको आकर्षण बढ्दो छ । हेर्न लायक क्षेत्र भएपछी भक्तजन हरुको उपस्थिती बढेको टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र समितिका अध्यक्ष डिल्लीबहादुर खड्काले बताए । टेङ्नैया बाबा धाम पुर्ब पश्चिम राजमार्गको निम्बुखुटी देखि दक्षिण तर्फ लेकको फेदीमा अबस्थित छ । धामको आकर्षकमा जँगल, खोला, गुफा, सँरचना लगायतको उत्तिकै भुमिका छ । पछिल्लो समय धार्मिक पर्यटकिय गन्तव्य बन्दै गईरहेको छ । स्थापना गरिएको भगबानका मुर्तीले थप आकर्षक थप्दै भक्तालु हरुको घुँईचो बढ्ने बिश्वास गरिएको छ ।
कार्यक्रममा प्रदेश शभा सदस्य रेवतीरमण शर्माले यहाँको महत्वको बारेमा सबै माझ पुर्याउन प्रचार गर्नुपर्ने आबस्यक अौँल्याए । उनले भने पर्यटन संग जोडेर अन्य जिल्लाका भक्तजनहरुलाई पनि यहाँको भ्रमण गराउने गरी योजना बनाउन आवश्यक छ ।
नगर प्रमुख कुलबहादुर केसीले धारपानीको पाण्डवेश्वर मन्दिर संग टेङ्नैया बाबा धामलाई जोड्न पहल गर्ने बताए । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष मेघनारायण चौधरी, कार्यपालिका सदस्य राधा केसी, नारायणी खड्का, वडा सदस्य देवा परियार, सुनमाली विक, राजकुमार चौधरी, गणेश चौधरी लगायतको सहभागीता रहेको थियो ।
टेङ्नैया बाबा धामको विकासका निम्ति लुम्बिनी प्रदेश सरकारले पर्यटन डिजिभन कार्यालय बाँके बाट गत आर्थिक बर्षमा पर्यटन तथा पूर्वाधार निर्माण तर्फ १९ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी जम्मा २२ लाख ८० हजार रुपैयाँको लागतमा गुफाको संरक्षण, खोलामा तटबन्ध, खोला माथी गणेश भगवानको मन्दिर स्थापना गरिएको छ ।
