
Sgp
Dbs
Rgp
lnp
Ggp
Asb
Dus
Ggp
Rgp
Rgp
Usb
Jns
Lks
Pbu
ksb
Rgp
Lnp


दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भरखरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले “कुरा मात्र हैन काम गरेर देखाउछौं”भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
मंगलबार पत्रकारसंग कुराकानीमा उहाँले स्थानीय सरकारसंग समन्वय गरेर आवस्यक स्थानमा अधुरो रहेको सिसीटिभी क्यामेरा जडान गर्ने चोक चोकमा प्रहरी बिट राख्ने ट्राफिक चेकजाँचलाई निरन्तर कडा रुपमा प्रस्तुत गर्ने बताउनु भएको हो ।
“जुवा तास सामाजिक अपराध हो,यसले आफू मात्र नभई परिवार र समाजलाई बदनाम गराउछ,घर न घाटको बनाएर सडकमा ल्याउछ”भन्दै डिएसपी अर्यालले जुवातास विरुद्ध अर्थात सामाजिक अपराध विरुद्ध आफू खरो रुपमा उत्रने समेत बताउनु भएको छ ।
डिएसपी अर्यालले आत्महत्या न्यूनीकरण गर्नकालागी स्थानीय सरकारसंग समन्वय गरि आत्महत्या सम्बन्धिको बुक (किताब) तयार गरेर सामुदायिक प्रहरी साझेदारि मार्फत शहर गाउँ-गाउँमा सम्म लिएर प्रचार गर्ने बताउनु भयो ।
त्यस्तै लागूऔषध सम्बन्धि डिएसपी अर्यालले तराई जिल्लाबाट भित्रीएको हुन सक्छ भन्दै सिबिल प्रहरीलाई अनुसन्धानको लागी परिचालन गरेको बताउनु भएको छ ।
