
Dbs
ksb
Sgp
Rgp
Jns
Ggp
Pbu
lnp
Ggp
Lnp
Lks
Rgp
Rgp
Usb
Dus
Asb
Rgp


प्युठान । प्युठानमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ । नौवहिनी गाउँपालिका वडा नम्बर १ स्याउली वाङ्गका ४६ बर्षीया बागविर बुढामगरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागबिरलाई स्थानीय शरद थापाले विहिबार साझ कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । बागबिर र शरदले प्युठान नगरपालिका वडा नं ७ कुरुवामा मजदुरी काम गर्दै आउनुभएको थियो। पैसाको लेनदेनको विषयलाई लिएर विवाद हुँदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ।
कुटपीटपछि घाईते बागविरलाई शुक्रबार राती ८ः ४० बजे उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याईएको थियो । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार बागविरको शनिबार बिहान २:५० बजे उपचारका क्रममा मृत्यु भएको हो । कुटपीटमा संलग्न भनिएका शरदलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मल्लले जानकारी दिनु भयो ।
