
cjs
Srbpu
Lnp
Gfs
sbs
Pes
Rgp1
Pbu
Sgr
Ggp
Djs
pku
Unsku
Rgp

Asm
Sls
Sbs
Vor
Ssm
Hal
Gst
Ksm
Ggd
Wsp
nsb
Rsb
Rgs
Pvg
Rgu
Rgu
Bbbpu
Bbu
Tsm

Pls
Abd
Ptm
Rmb
Rpp
Gsb
Mks
Jmb
Bml
Jmb
bbt
Syp
sab
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार तीन सय ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय १८ जना र पाँच हजार एक सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ५७ जना गरी एक हजार आठ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै यो सहित नेपालमा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ६ लाख ५१ हजार तीन सय ८० जना र एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ४१ हजार चार सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । नेपालमा अहिले कोरोना निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ ।
त्यस्तै कोरोना सङ्क्रमणका कारण थप २९ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय २० पुगेको छ ।अहिले नेपालमा २७ हजार एक सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
